राम्रो कानुन पनि कार्यान्वयन गर्न सकेनौंः मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कानुन पारित गर्नुअघि कार्यान्वयन गर्न सकिन्छ कि सकिन्न भन्ने ख्याल गर्नुपर्ने बताएका छन् । स्थानीय तहका जनप्रतिनिधिसँग प्रदेश सरकारसँगको अनुभव बाँड्दै उनले उक्त कुरा बनाएका हुन् ।
मुख्यमन्त्री पोखरेल गण्डकी नवनिवार्चित स्थानीय जनप्रतिनिधिको शुक्रबार पोखरामा सुरु अभिमुखीकरणलाई सम्बोधन गर्दै थिए ।
मुख्यमन्त्री पोखरेलले भने, ‘हामीले पहिला वातावरणको रक्षा गर्ने उद्देश्यकासाथ वरपीपल संरक्षण गर्ने कानुन पारित ग¥यौँ । यस्तो राम्रो कानुन पनि हामीले कार्यान्वयन गर्न सकेनौं । यस्तै हालत स्थानीय सरकारले नयाँ कानुन ल्याउँदा नहोस् ।’पोखरेलले स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा मात्रै देश विकास सम्भव हुने विचार व्यक्त गरे ।
गण्डकी प्रदेश सरकार र प्रदेश प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको अभिमुखीकरणमा प्रदेशका ११ जिल्लाका जनप्रतिनिधि सहभागी छन् । अभिमुखीकरणलाई संघीय सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहजीकरण गरेको छ ।
त्यस अवसरमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रदेशभर समविकास गर्नुपर्ने विचार व्यक्त गरे । नवलपुर, भोर्लेटार, र धौलागिरी क्षेत्रका सबै सहरहरुलाई विकासगर्नुपर्ने र त्यहाँका स्थानीय बासिन्दालाई त्यहीं खुसी साथ बस्ने वातावरण निर्माण गरिनुपर्ने उनको भनाइ थियो । यसरी प्रदेशभर विकास गर्न नसके अव्यवस्थित बसाइसराइको अवस्था बढ्दै जाने मेयर आचार्यले सुनाए ।
ग्रेटर पोखराको अवधारणा समेत पोखरा महानगरपालिकाको प्राथमिकतामा रहेको उनले जानकारी दिए ।गण्डकी प्रदेशको सिग्नेचर प्रोजेक्ट के बनाउने भन्ने विषयमा छलफल गर्नुपर्नेमेयर आचार्यले उल्लेख गरे । उनलेजनतालाई कसरी छिटो र गुण्स्तरीय सेवा प्रदान गर्न सकिन्छ भन्नेमा केन्द्रित हुन जोड दिए ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले स्थानीय सरकारबाट जनताले पाएको सेवाबाटनै सिंहदरबारसम्मको कामको मूल्यांकन गरिनेहुँदा जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि गरिनुपर्ने सुनाए ।
गण्डकी प्रदेशका मुख्य न्यायधिवक्ता रोहितराज बास्तोलाले संविधानका अनुसूचीको हेक्का राखीस्थानीय सरकारले कानुन बनाउनुपर्ने औंल्याए । मुख्य न्यायधिवक्ता बास्तोलाले नवनिर्वाचित बास्तोलाले पूर्व जनप्रतिनिधिहरुसँग समन्वय गर्न समेत सुझाए ।
गण्डकी प्रदेशका प्रमुख सचिवरविलाल पन्थले अभिमुखीकरणमा स्थानीय तहको काम कर्तव्य र अधिकार, संघ प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध, स्थानीय तहको राजस्वको अधिकार, सुशासन तथा भ्रष्टाचार नियन्त्रण, वार्षिक योजना तथा बजेट तर्जुमा, सहरी विकास तथा मापदण्ड लगायत विषय समावेश रहने जानकारी दिए ।







जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया