ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रमका ज्येष्ठ नागरिकको शुक्रबार स्वास्थ्य परक्षण र खाद्यान्न वितरण गरिएको छ ।
एमाले निकटको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको १७ औं स्थापना दिवसको अवसर पारेर गण्डकी प्रदेश र कास्की जिल्ला कमिटीको आयोजनामा आश्रममा रहेका ४८ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरी औषधी वितरण गरिएको महासंघका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका सहइन्चार्ज बालकृष्ण लामिछानेले जानकारी दिए ।
ज्येष्ठ नागरिकको उच्च रक्तचाप, मधुमेह लगायत जाँच गरी औषधी वितरण गरिएको लामिछानेले बताए । आश्रममा रहेका ज्येष्ठ नागरिकलाई खाद्यान्न र तरकारीसमेत वितरण गरिएको थियो ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ कास्की जिल्ला अध्यक्ष चिरञ्जीवी तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सचिव लक्ष्मण बसौला, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सहइन्चार्जद्वय बालकृष्ण लामिछाने र हरिलाल आचार्य, केन्द्रीय सदस्य रेखा थपलिया, प्रदेश उपाध्यक्ष विनीता दाहाल लगायतले कार्यक्रममा विभिन्न परिस्थितिका कारण आश्रममा पुगेका ज्येष्ठ नागरिकको संरक्षणमा राज्यले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
तपाईको प्रतिक्रिया