वरपाण्डेथुपमा तुलसी खेती

पोखरा । पोखरा ३३ साबिक भरतपोखरीमा तुलसी बीजारोपण गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीको सहकार्यमा कार्यक्रम भएको हो ।
‘खाद्य हरियाली सहर कार्यक्रम’ अन्तर्गतबरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीले तुलसी बीज रोपण एवं पोखरा महानगरपालिका वोडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकरी,सदस्यहरु प्रकाश कार्की, विनोद भण्डारी, दुर्गा केसी र लीला नेपालीलाई सम्मान गरेको छ ।
वडाध्यक्ष अधिकारी र बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारी अध्यक्ष केशवराज लम्सालले तुलसीको बीज छरेर कार्यक्रम सुरुआत गरे । वडाबासीका आयआर्जन हुने जुनसुकै राम्रा काममो सहकार्य गर्ने अधिकारीले प्रतिवद्धता जनाए ।
अध्यक्ष लम्सालले गत वर्ष साना ठूला गरेर ३ टनेलमा लगाइएको तुलसी खेतीबाट लगभग ८० हजारआम्दानी गर्न सफल भएको सुनाए । बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीले आफ्नो सेवा क्षेत्रका करिब२ सय घर परिवारलाई गत चैतमा तुलसी चिया सित्तैमा वितरण गरेको थियो ।
लम्सालले यो पटक पनि चौतारीले प्रति घर ५० तुलसीका विरुवा वितरण गर्ने र स्थानीयलाई तुलसी खेतीप्रति आकर्षण गर्ने बताए ।बिरुवा रापेको ८० देखि ९० दिनमा टिपेर बिक्रीका लागि तयार हुन्छ । तयार भएको तुलसीको बजारीकरणको जिम्मा बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीले लिनेछ ।
तुलसीको पातबाट चिया र तुलसी बिउको माग अत्यधिक रहेकाले उत्पादन बजारिकरणको समस्या नरहेको चौतारीका सचिव मोती भुजेलले बताए । तुलसीको खेती नै गरिन्छ भन्ने अहिले थाहा पाएको बताउँदै गैरी भन्ज्याङ काफलडाँडा वन उपभोक्ता समूहका अध्यक्ष नीलराज आचार्यले यसका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता गर ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया