भोलि राप्रपा नेपालको अन्तर्क्रिया
समाधान संवाददाता
२०७९ जेठ २८ गते १४:१८
पोखरा । कमल थापाको नेतृत्वको राप्रपा नेपाल गण्डकी प्रदेश समितिले आइतबार प्रदेशभरका जिल्ला अध्यक्ष र पार्टी अध्यक्षसहितको अन्तर्क्रिया गर्ने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै राप्रपा नेपाल गण्डकी प्रदेश अध्यक्ष राजेन्द्र अधिकारीले आइतबार कार्यक्रम हुने जानकारी दिए ।
कार्यक्रममा प्रदेशका सबै जिल्ला अध्यक्ष र प्रत्येक जिल्लाबाट पार्टीका ५ जना प्रतिनिधिसहभागी हुने छन् । पार्टीलाई प्रदेशभर क्रियाशीलबनाउन अपराधिक क्रियाकलापमा संलग्न भएकाबाहेक सबै इच्छुकलाई पार्टीले सदस्याता दिएको राप्रपा नेपाल कास्कीले जनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया