अश्लील भिडिओ खिचेर ५० लाख बार्गेनिङ गर्ने पक्राउ

पोखरा ।
अश्लिल भिडिओ खिचेर ५० लाख रुपैयाँ बार्गेनिङ गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एकजनालाई पक्राउ गरेको छ । महिलाको अश्लील भिडिओ बनाएर बारम्बार धम्की दिँदै पैसा असुलेर चरित्र हत्या गरेको आरोपमा बाजुरा बडीमालिका ७ का २७ वर्षीय शान्तराज तिमिल्सेनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कस्कीका इन्स्पेक्टर ज्ञानबहादुर खड्काले कैलाली प्रहरीको समन्वयमा कास्की प्रहरीको टोलीले तिमिल्सिनालाई पक्रेको जानकारी दिए । ‘कार्यालयमा एकजना महिलाले मेरो चरित्र हत्या भयो भनेर निवेदन दिनुभयो । हामीहरुले घटना के रैछ, भनेर उहाँलाई फलोअप गर्दैै जाँदा जाँचबुझ गर्न नियन्त्रणमा लिएका हौं,’ इस्न्पेक्टर खड्काले भने ।
भिडिओ डिलिट गर्न ती महिलाले पटकपटक पैसा दिएको दिएको उनले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख गरेकी छिन् । ‘भिडिओ हटाउने भनेर ३ लाख रुपैयाँ दिइसके अझै मागिरहेको छ । पटकपटक धम्की दिएपछि निवेदन दिएको हुँ,’ ती महिलाले जाहेरीमा लेखेकी छिन् । ती व्यक्तिले यसै गरी अन्य मानिससँग पनि बार्गेनिङ गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । इस्न्पेक्टर खड्काले आपराधिक विश्वासघात मुद्दामा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको बताए ।








सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया