माओवादीले जितेका पालिकामा फागुन १ गते विदा दिऔंः प्रचण्ड

पोखरा ।
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले जितेको १ सय २२ पालिकामा फागनु १ मा बिदा दिन पालिका नेतृत्वलाई आग्रह गरेको छन् । उनले फागुन १ गतेलाई विशेष पर्व मनाउनुपर्ने बताए ।
बिदा दिँदा जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस दाबी गर्न बल पुग्ने उनले बताए । पोखरामा शनिबार गण्डकी प्रदेशका स्थानीय तहमा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि र कार्यकर्ताको अभिमुखीकरण कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् । स्थानीय पालिकाहरूमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने प्रचण्डले बताए ।
शासकीय स्वरुप बदल्ने आन्दोलन ढिलोचाँडो सुरु गर्नुपर्ने अवस्था आएको उनले बताए । संविधान बनाउँदा शासकीय स्वरुप र पहिचानको मुद्दा ठीक ढंगले अझै बनिनसकेकाले फेरि एकपटक क्रान्ति गर्नुपर्ने देखिएको प्रचण्डको भनाइ थियो । ‘हामी सिधासिधा कुरा गर्न सिपालु छौं । क्रान्ति गर्ने, जोश आउँछ । सिपालु छौं,’ क्रान्तिमा होमिए सफल भइन्छ,’ उनले भने ।
उनले कार्यकर्तालाई त्याग, तपस्या र मेहेनत गरेर काम काम गर्न निर्देशन दिए । उनले माओवादी अन्य पार्टीभन्दा फरक भएर काम गर्न पार्टी नेता कार्यकर्तालाई निर्देशन दिए । ‘जनताले हेर्दा माओवादी, कांग्रेस, एमाले सबै उस्तै देखिए । हामी जनताको पक्षमा भरपुर काम गरेर देखाउनुपर्छ,’ प्रचण्डले भने ।
आगमी प्रदेश र संघको निर्वाचनमा माओवादी पार्टी पहिलो हुने गरी काम गर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिए । माओवादी बलियो भएको ठाउँमा सबै पार्टी मिलेर माओवादीलाई कमजोर बनाउने काम गरेकाले यो गठबन्धनको मर्म विपरीत भएको उनले बताए ।








निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया