कामको सम्मान हुने अवस्था निर्माण गर्छौंः जिसस प्रमुख पौडेल

पोखरा ।
जिल्ला समन्वय समिति कास्कीका नवनिर्वाचित प्रमुख लीलाधर पौडेलले काम र श्रमको कदर हुने अवस्था निर्माण गर्ने बताएका छन् । पौडेलले देशमा अनेकन परिवर्तनहरु भए पनि कृषकहरुका समस्या पूर्णरुपमा सम्बोधन हुन नसकेकोतर्फ इंगित गर्दै कास्कीमा आफूहरुको टिम आएपछि श्रमजीवी कृषकको मुद्दालाई आफ्नो ठाँउबाट प्रभावकारी ढंगले अघि बढाउन योजनासहित काम गर्ने उल्लेख गरे ।
प्रमुख पौडेलले शनिबार पोखरामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी सुपरजोन सञ्चालन समन्वय समिति पोखराको तेस्रो साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । उनले चुनाव अगाडि आफू र आफ्नो दलले गरेका प्रतिबद्धता पूरा गर्न हरेक तहका सरकारहरु बिच परिणामुखी समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कृषकहरूको जीवनस्तर उकास्ने गरी योजना र कार्यक्रम ल्याउन लागिपर्ने बताए ।
पौडेलले श्रमप्रतिको कदर र सम्मान नै देश विकासको पहिलो पूर्वाधार भएको जिकिर गरे । कृषकहरुलाई पूर्ण व्यावसायिक बन्न आग्रह गर्दै समयमा मल, बिउ नपाउने समस्याको सदाका लागि अन्त्य गर्न पहल गर्ने उल्लेख गरे । कार्यक्रममा गण्डकी प्रदेशका कृषि विकास निर्देशक बासुदेव रेग्मी, पूर्व निर्देशक बेनीबहादुर बस्नेत, कृषिविज्ञ वीरेन्द्र हमाल, पोखरा महानगर कृषि तथा महाशाखा प्रमुख मनोहर कडरिया लगायतले बोलेका थिए । समितिका संयोजक कृष्णप्रसाद तिवारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । अधिवेशनले नौ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया