भारतकाे राजस्थानका सबै सिटमा कंग्रेसको जित

समाधान संवाददाता २०७९ जेठ २९ गते १२:३५

जयपुर ।
भारतमा शुक्रबार राज्यसभा निर्वाचन भएका राज्यमध्ये राजस्थानमा भारतीय राष्ट्रिय कंग्रेसले एक्लै जित हासिल गरेको छ । कुल १६ सिटका लागि कडा प्रतिस्पर्धाका बीचमा भएको निर्वाचनबाट आठ सिटमा भने भारतीय जनता पार्टी (भाजपा) नै विजयी भएको छ । भाजपाले हरियाणा, महाराष्ट्र र कर्नाटकमा जित हासिल गरेको हो ।

स्थानीय समयननुसार शुक्रबार बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समय तोकिएको थियो । यसअघि, भारतका उत्तर प्रदेश, तमिल नाडु, आन्द्र प्रदेश, विहार, उडिसा, मध्य प्रदेश, पन्जाब, छत्तिसगढ, उत्तराखण्ड, झारखण्ड र तेलंगनाबाट भने हालै ५७ जना निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।

तपाईको प्रतिक्रिया