भुजेल समाजद्वारा जनप्रतिनिधिको सम्मान

पोखरा ।
भुजेल समाज सेवा समिति कास्कीले स्थानीय तह निर्वाचन २०७९ का कास्कीबाट नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै सम्मान गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर २२ स्थित आफ्नै कार्यालयमा शनिबार आयोजित कार्यक्रममा जनप्रतिनिधिलाई सम्मान गरिएको हो । कास्की जिल्लाका विभिन्न पालिकामा निर्वाचित पदाधिकारी तथा सदस्यमा निर्वाचित आफ्ना सदस्यहरुलाई सम्मान गरिएको सो समाजले जनाएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेल, भुजेल समाज सेवा समितिका निवर्तमान केन्द्रीय अध्यक्ष सूर्य भुजेल, जिल्ला अध्यक्ष पूर्णबहादुर भुजेल लगायतले सम्मान गरेका थिए । सो अवसरमा कास्कीका समन्वय प्रमुख लीलाधर पौडेलले विभिन्न जातजातिको साझा फूलबारीको रुपमा रहेको कास्की जिल्ला सबै जात जातिका संस्कार र संस्कृतिले सांस्कृतिक केन्द्र बनाएको भन्दै तिनीहरुको संरक्षण र सम्बद्र्धनका लागि पहाल कदम लिइने बताए ।
भुजेल समाज सेवा समितिका निवर्तमान केन्द्रीय अध्यक्ष सूर्य भुजेलले समाजका विविध रचनात्मक कामहरुको जानकारी दिँदै आफ्नो समाजलाई निरन्तर सहयोग गर्न आग्रह गरे । पोखरा महानगर वडा न २२ का अध्यक्ष हिमलाल बरालले आफूहरु जुन तवरले निर्वाचित भए पनि निर्वाचित भएपछी सबैको साझा भएकाले सबैलाई निष्पक्ष व्यवहार गर्ने बताए । कार्यक्रममा समाजका केन्द्रीय सचिव त्रिसन घर्ती, पूर्व क्षेत्रीय सचिव राजकुमारी भुजेल लगायतले बोलेका थिए । समाजका कास्की जिल्ला अध्यक्ष पूर्णबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपाध्यक्ष प्रेमबहादुर भुजेलले गरेका थिए ।







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया