स्रष्टा परिचय दर्पण प्रकाशन तयारी

समाधान संवाददाता २०७९ जेठ २९ गते १३:४९

पोखरा ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले स्रष्टा परिचय दर्पण २०७९ को प्रकाशन गर्न लागेको छ । गण्डकी प्रदेशभित्रका सर्जक स्रष्टा, एवं कलाकारको परिचय खुल्ने गरी दर्पण प्रकाशन गर्न लागेको प्रतिष्ठान गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए ।

दर्पण प्रकासनको लागि वरिष्ठ उपाध्यक्ष पूर्ण परियारलाई संयोजक तोकिएको छ । ‘प्रतिष्ठानले करिब ४ सय कलाकारको परिचय समेट्ने गरी पुस्तक प्रकासन गर्न लागेको छ,’अध्यक्ष गुरुङले भने, ‘धेरैभन्दा धेरै कलाकालाई समेट्न र पुस्तकलाई प्रभावकारी बनाउन सबै सरोकारवालासँग राय परामर्श लिइएको छ ।’ उनले प्रतिष्ठानले स्रष्टा परिचय दर्पण प्रकाशनका लागि मातहतका जिल्ला समितिले १५ हजारको दरले आर्थिक जिम्मेवारी तोक्ने निर्णय समेत गरेको जानकारी दिए ।

प्रतिष्ठानले २०७९ असार ७ गते विश्व संगीत दिवस व्यवस्थित रुपमा मनाउने निर्णय गरेको छ । सो दिवसको अवसरमा प्रतिष्ठानले ११ औं वृहत खुला रक्तदान तथा स्रष्टा सम्मान कार्यक्रम गर्ने निर्णय गरेको छ । स्रष्टा सम्मानको लागि प्रतिष्ठान गण्डकीका संस्थापक अध्यक्ष शंकरबिरही गुरुङको संयोजकत्वमा प्रतिभा छनोट उपसमिति गठन गरिएको छ । उपसमितिको सदस्यमा महिला उपाध्यक्ष माया गुरुङ र संगीत विभागका प्रमुख हुम गुरुङ छन् ।

Advertisement

विश्व संगीत दिवस मनाउन प्रतिष्ठानले आर्थिक संकलन, प्रचार, मञ्च व्यवस्थापन तथा स्वयंसेवक परिचलान, खाजा खाना व्यवस्थापन, अतिथि सत्कार, प्रमाणपत्र तथा नाम दर्ता, सांस्कृतिक र सचिवालय व्यवस्थापन समिति गठन गरेको कार्यक्रम संयोजक विमल जिसीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया