लक्ष्मी आदर्श मावि ५५औं वर्षमा

समाधान संवाददाता २०७९ जेठ २९ गते १४:५७

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २७ मा रहेको लक्ष्मी आदर्श माविले ५४ औं वार्षिकोत्सव, अभिभावक भेला, पुरस्कार वितरण एवं सम्मान कार्यक्रम शनिवार सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले शिक्षा समयको माग अनुसार परिवर्तन हुनुपर्ने र अभिभावकको नभई विद्यार्थीको ईच्छा र दक्षता अनुरुपको शिक्षा दिनुपर्ने बताए ।
मन्त्री श्रेष्ठले किताबी ज्ञान मात्र दिने प्रवृत्तिले बेरोजगार उत्पादन बढेको विचार व्यक्त गरे । उनले शिक्षासँगै दक्ष जनशक्ति र रोजगारी बढाउने उदेश्यले गण्डकी प्रदेश सरकारले सिक्दै कमाउँदै कार्यक्रम ल्याएको बताए ।

कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष शिवमोहन अधिकारी, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख नारायणप्रसाद सुवेदी, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश पोखराका प्रमुख विष्णुनारायण श्रेष्ठ, पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, शैक्षिक प्रशासन महाशाखाका बरिष्ठ शिक्षा अधिकृत विश्वराज आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं विद्यालय व्यवस्थापन समितिका सदस्य बाबुराम गिरी, संस्थापकहरु हिरामणी सुवेदी र भोजराज भण्डारी, २७ की वडा सदस्य बुद्धिमाया मगर, सल्लाहकार शिक्षाविद बामदेव शर्मा, लक्ष्मी आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष खगेन्द्रराज आचार्य लगायतले बेलेका थिए ।

Advertisement

कक्षा १ देखि १२ सम्मको शैक्षिक एवं अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममौ छात्रवृत्ति समेत प्रदान गरियो । विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । पोखरा २७ र ३० नवनिर्वाचित जनप्रतिनिधिहरुलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणि लामिछानेको सभापतित्वमा कार्यक्रम भएको थियो । विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रधानाध्यापक रवीन्द्रनाथ भट्टराईले प्रस्तुत गरेका गरे । कार्यक्रम सञ्चालन सहायक प्रधानाध्यापक हेमराज आचार्यले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया