कुमाल समाज रिठेपानीको अध्यक्षमा चेतबहादुर
लेखनाथ ।
नेपाल कुमाल समाज रिठेपानी ईकाई समितिको शनिबार सम्पन्न ईकाईको १२ औं साधारण सभा तथा छैंटौ अधिवेशनले चेत बहादुर कुमाललाई अध्यक्षमा चयन गरेको छ । अधिवेशनले बरिष्ठ उपाध्यक्षमा नगेन्द्र बहादुर कुमाल, द्धित्तिय उपाध्यक्षमा कोपिला कुमाल, सचिवमा टोप बहादुर कुमाल, सह–सचिवमा गंगादेवी कुमाल, कोषाध्यक्षमा बाम बहादुर कुमाल, सहकोषाध्यक्षमा किसान कुमाल लाई चयन गरेको छ ।
यस्तै सदस्यहरुमा ईन्द्र बहादुर कुमाल, कुल बहादुर कुमाल, विष्णु बहादुर कुमाल, अञ्जु कुमाल, चन्द्रमाया कुमाल, सरोज कुमाल, कृष्ण बहादुर कुमाल, कोपिला कुमाल, रुपा कुमाल, प्रकाश कुमाल, लोक बहादुर कुमाल, सोम बहादुर कुमाल, र बस बहादुर कुमाल चयन भएका छन । साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर २७ का अध्यक्ष पुर्ण कुमार गुरुङ्गले कुमाल समुदायमा जति विकास हुनुपर्ने हो त्यो अनुरुप नभएको वताउँदै एकताबद्ध भएर विकृति र विसंगतीलाई हटाउँदै अघि वढ्न आग्रह गरेका थिए ।
वडाध्यक्ष गुरुङ्गले विगत पाँच वर्षको कार्यकालमा वडाको विकास निर्माणको क्षेत्रमा आफुले ठुलो फड्को मार्ने गरी काम गरेको दावी गर्दै कतिपय क्षेत्रमा विकास निर्माणका कार्य हुन नसकेको भए सचेत त्यसप्रति सचेत हुन आग्रह गरेका छन । उनले वडाका समस्याहरुमध्ये सुकुम्बासी समस्या पनि एक भएको र १३ सालदेखी वसेका व्यक्तीहरुले समेत लालपुर्जा प्राप्त गर्न नसकिरहेको वताउँदै यसको लागी सुकुम्बासी आयोग मार्फत समस्या समाधान गर्न वडाले पहल गर्ने प्रत्तिवद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल कुमाल समाज रुपा गाउँपालिकाका अध्यक्ष बलभद्र कुमाल, नेकपा एमाले वडा नम्बर २७ का अध्यक्ष सुर्यमणी लामिछाने, पोखरा महानगरपालिका वडा नम्बर २७ का वडा सदस्यहरु लक्ष्मी बि.क., जितेन्द्र क्षेत्री, बुद्धिमाया मगर, छिमेकी टोल विकास संस्थाकी अध्यक्ष पार्वती सिक्देल, गोलपाटन समाजका अध्यक्ष लगायतले बोलेका थिए ।
संस्थाका कार्यवाहक अध्यक्ष कृष्ण बहादुर कुमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखा समिति सदस्य चेत बहादुर कुमालले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव चिज माया कुमालले गरेकी थिईन ।
तपाईको प्रतिक्रिया