बाल श्रम विरुद्धको दिवस मनाइयो

पोखरा ।
बाल श्रम विरुद्धको विश्व दिवसको अवसरमा पोखरा उद्योग वाणिज्य संघ अन्तर्गतको बाल श्रम न्यूनीकरण कार्यक्रमले सचेतनामुलक कार्यक्रम गरेको छ । किडासा नेपाल सहयोगमा भएको कार्यक्रममा बाल श्रमको विरुद्धमा हस्तास्क्षर संकलन समेत गरिएको पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा बाल श्रम न्यूनीकरण कार्यक्रमका संयोजक राजेन्द्रकुमार लालचनले जानकारी दिए ।
पोखरा महानगरपालिका वडा नम्बर ९का अध्यक्ष दीपेन्द्र मर्सानीले बाल श्रम (निषेध र नियमित गर्ने) ऐन २०५६ले बाल श्रमलाई पूर्ण रुपमा निषेध गरेको बताए । ‘१४ वर्षमुनिका श्रममा लगाएमा कानुनी रुपमा दण्डनीय हुने व्यवस्था छ,’ अध्यक्ष मर्सानीले भने, ‘स्थानीय तह, निजी क्षेत्रले समन्वय र सहकार्य गरेर बाल श्रम न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रम गर्नु आवश्यक छ ।’ उनले घरेलु कामदार, निर्माण व्यवसाय, होटल तथा रेस्टुरेन्ट, वर्कसप ग्यारेज, पर्यटन लगायत क्षेत्रमा बाल श्रम न्यूनीकरण गर्न सरकारी तथा सरोकारवाला निकाय सक्रियतापूर्वक लाग्नुपर्ने बताए ।
वडा कार्यालयले बाल श्रम न्यूनीकरण कार्यक्रमका लागि सहयोग गर्ने उल्लेख गर्दै उनले १८ वर्ष माथिका बेरोजगारलाई सिपमूलक तालिम तथा विनाब्याज अनुदान दिने जानकारी दिए । श्रम तथा रोजगार कार्यालय गण्डकीका निमित्त प्रमुख लक्ष्मण बरालले कार्यक्रमले बाल श्रम न्यूनीकरणको क्षेत्रमा उल्लेखनीय काम गरेको बताए । उनले पोखरालाई बालश्रम मुक्त बनाउने अभियानमा साथ समर्थन रहेको उल्लेख गरे ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापति, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका सचिव उत्तम जोशी, बाल श्रम न्यूनीकरण कार्यक्रमका संयोजक प्रीति पाण्डे, समाजसेवी प्रजाल दराई लगायतले बालश्रम विरुद्धको दिवसको बारेमा बोलेका थिए ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया