रोटरी क्लबको २५ औं वार्षिकोत्सव

पोखरा ।
रोटरी क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ पोखराको २५ औं वार्षिकोत्सव भएको छ । रजत वर्ष समारोहमा रोटरी वर्ष २०२२-०२३का लागि नयाँ कार्य समिति प्रस्ताव गरिएको छ । सन २०२२को जुलाईबाट कार्यकाल सुरुवात हुने कार्य समितिको अध्यक्षमा राजेन्द्र गौतम चुनिएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खुल्ला समाज, लोकतान्त्रिक व्यवस्था, नागरिक समाज र अन्तर्राष्ट्रिय संस्थाले काम गरेको देशमा दिगो र वास्तविक विकास हुने बताए । रोटरी लगायतका सामाजिक संघ संस्थाले सभ्य र समुन्नत समाज निर्माणमा सहयोग गरेको उल्लेख गर्दै उनले सामाजिक संघ संस्थासँग सहकार्य गरेर समृद्धिको एजेण्डा साकार पार्न सकिने चर्चा गरे ।
‘रोटरी क्लबहरुले शिक्षा, स्वास्थ्य खानेपानी तथा सामाजिक क्षेत्रमा गरेको कामले समाजमा सकारात्मक परिवर्तन ल्याएको छ,’मुख्यमन्त्री पोखरेलले भने, ‘भौतिक विकाससँगै मानवीय विकासलाई केन्द्र बिन्दुमा राखेर काम गर्नु आवश्यक छ ।’ उनले समग्र प्रदेशको समृद्धिको लागि सबै संघ संस्थासँग समन्वय र सहकार्य गर्ने उल्लेख गरे ।
रोटरी क्लबका पूर्व डिस्ट्रक गभर्नर किरणलाल श्रेष्ठले निस्वार्थ भावले रोटरी क्लबहरुले शिक्षा, स्वास्थ्य, खानेपानी तथा समुदायमा आधारित परियोजना चलाएको बताए । उनले पोलियो उन्मुलनमा रोटरी क्लबको योगदान रहेको उल्लेख गरे । उनले रोटरी क्लबहरु विकास, शान्ति र शिक्षा क्षेत्रको साझेदार भएको दाबी गरे ।
कार्यक्रममा रोटरीका एसिस्टेन्ट गभर्नर माधवप्रसाद सिग्देल, रोटरी क्लब अफ पोखरा अध्यक्ष निर्मलप्रसाद कर्माचार्य, क्लबका पूर्व अध्यक्षहरु रामचन्द्र थापा, बाबुराम बराल र जितेन्द्र सिग्देल, रोटरी वर्ष २०२२-०२३का उपाध्यक्ष भूपालजंग कुँवरले रोटरीले शिक्षा, स्वास्थ्य, खानेपानी, वातावरण, महिला सशक्तीकरणको क्षेत्रमा गरेको योगदानको बारेमा बोलेका थिए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया