प्रदिपकाे ‘प्रकाश’ विदेश राइटस् महंगो मूल्यमा बिक्री

समाधान संवाददाता २०७९ जेठ ३० गते १३:०५

पोखरा ।
भदौ १० गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र प्रकाशको विदेश राईट महंगो मुल्यमा बिक्री भएको छ । चलचित्रमा पछिल्लो समयका चर्चित नायक प्रदिप खड्का, दिया मास्के लगायतको अभिनय रहेको चलचित्र ‘प्रकाश’को विदेश राइटस् महंगो मूल्यमा बिक्री भएको हो । चलचित्रको अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोपमा महंगो मूल्यमा विदेश राईटस् बिक्री भएको चलचित्रका निर्माता महेन्द्र अधिकारीले जानकारी दिएका छन् ।

एक युवाले शिक्षक बन्ने दौडमा गरेको संघषलाई चलचित्रमा देखाईएको छ । धेरै चलचित्रमा लबर बोईको रोलमा देखिने प्रदिप यो चलचित्रमा भने फरक रुपमा देखिएका छन ।

दिनेश राउतको निर्देशन, महेन्द्र अधिकारीको लगानीमा निर्माण भएको चलचित्रलाई बिनिस इन्टरटेनमेन्टले निर्माण गरेको हो । बिकास सुबेदीको लेखनमा रहेको चलचित्रमा राजेश श्रेष्ठको छायंकन , जीवन थापाकोे सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया