राजसंस्था फर्काउन राजाबाटै पहल भएनः थापा

समाधान संवाददाता २०७९ जेठ ३१ गते १०:३१

पोखरा ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफू ०६३ सालपछि पनि राजसंस्थाको पुनःस्थापना गर्न लागे पनि पूर्वराजपरिवारबाट नै पहल नभएको बताएका छन् । सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले देशका शीर्ष नेताहरुसँग पूर्वराज परिवारले कहिल्यै भेटघाट नै गर्न नचाहेको उल्लेख गरे ।

Advertisement

‘देशमा सेना परिचालन गरेर जबरजस्ती राजसंस्था ब्युँताउने भन्ने कुरा रहँदैन, सबै राजनीतिक शीर्ष दलहरुलाई राजसंस्थाको आवश्यकता बोध गराई मौसूफबाट कोसिस गरिनुपर्ने हो तर त्यो प्रयास राजाबाट कहिले भएन,’ थापाले भने, ‘राजा एकपटक अस्पताल भर्ना हुँदा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई सरकारलाई भेट्न अस्पतालमै भेट्न आएका थिए । तर मौसूफले पछि डा भट्टराईलाई धन्यवाद दिएर एक कप चिया खानलाई पनि निम्तो गर्नु भएन ।’

पूर्वराजाबाट नै १५ वर्षको दैरानमा केही पहल नै नभएपछि आफूले शिरमा कफन बाँधेर राजतन्त्रको वकालत गर्नुको कुनै अर्थ नै नरहेको थापाले बताए । आफुलाई पार्टीको चुनावमा हराउन समेत पूर्वराजपरिवार लागिपरेको थापाको आरोप छ ।
थापाले आफूले गीता छोएर पार्टी नफुटाउन कसम खाएको कसम नतोडेको सुनाए । उनले भने, ‘मैले कसैलाई पनि राप्रपाबाट अलग गराएर राप्रपा नेपालमा लिएर आएको छैन । विचार र सिद्धान्त नमिलेर निस्किएको हुँ ।’

Advertisement

तपाईको प्रतिक्रिया