डिज्निल्यान्डमा वक्तृत्वकला

समाधान संवाददाता २०७९ जेठ ३१ गते १०:५७

पोखरा ।
पोखरा ७ मासबारस्थित डिज्निल्यान्ड एकेडेमीले जुनियर युवा रेडक्रस सर्कलको व्यवस्थापन तथा अंग्रेजी विभागको आयोजनामा मावि ९–१० स्तरीय अंग्रेजी वक्तृत्वकला गरेको छ । कार्यक्रममा कक्षा ९ की छात्रा स्मृति लम्साल प्रथम, कक्षा ८ की आस्था पौडेल द्वितीय र कक्षा १० की सुबिका बराल तृतीय भएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख प्रेम गिरीले बताए ।

विद्यालयका निर्देशक मित्रबन्धु बरालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रअ नरेशप्रसाद बराल, सहायक प्रअ दीपेश बराल र दीपक पोखरेलले बोलेका थिए । विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरिएको विद्यालयका अंग्रेजी विभाग प्रमुख अभिषेक कुँवरले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया