फिस्टेलमा विद्यार्थी परिषद् सपथ ग्रहण

समाधान संवाददाता २०७९ जेठ ३१ गते ११:०१

पोखरा ।
पोखरा–१७ विरौटामा अवस्थित फिस्टेल एकेडेमीले जेठ–१९ गते निर्वाचन मार्फत चुनिएका विद्यार्थी परिषद्का पदाधिकारीहरुलाई आइतबार सपथ ग्रहण गराएको छ । विद्यालयका संस्थापक निर्देशक चिनु रानाभाटको अध्यक्षतासँगै नेपाली सेनाका सहायक रथी सुदर्शन सिलवालको प्रमुख आतिथ्यतामा विद्यालय प्राङ्गणमा भएको कार्यक्रममा अभिभावकहरुको समेत उपस्थिति थियो ।

प्रमुख अतिथिको आशनबाट बोल्दै नेपाली सेनाका सहायक रथी सुदर्शन सिलवालले मानव हुनुका नाताले समाजमा विशेष योगदान दिन लाग्नुपर्ने, साथै असल नेतृत्व समाजका हरेक क्षेत्रमा आवश्यक र महत्वपूर्ण रहेको जनाउँदै फिस्टेलले त्यो असल नेतृत्व उत्पादनका लागि विद्यार्थीको सर्वाङ्गीर्ण विकासका लागि उदाहरणीय कदम चालेको प्रति खुसी प्रकट गरे ।

विद्यालयका संस्थापक निर्देशक तथा कार्यक्रमका सभाध्यक्ष चिनु रानाभाटले विद्यार्थीहरुको हरेक किसिमका सिकाइ उपलब्धि हाँसिल गराउन विद्यालयले कुनै कुराको कमी हुन नदिने प्रतिबद्धता जनाउँदै फिस्टेलमा के छ भन्नुभन्दा पनि के छैन भनेर खोज्न आवश्यक रहेको भन्दै यसलाई नेपालकै उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन आफूहरु लागि परेको स्पष्ट पारे । विद्यालयका प्रिन्सिपल डा. त्रिदेव उपाध्यायले विद्यालयप्रति अभिभावकको आशा र विश्वास डग्न नदिने वचन दिए ।

Advertisement

विद्यालयको विद्यार्थी परिषद् २०७९ समूहमा हेड गर्लमा प्रनिशा तुलाचन, असिस्टेन हेड गर्ल–ऋजा श्रेष्ठ हेड ब्वाइमा असीम गुरुङ, असिस्टेन हेड ब्वाइ–शुभ्रत थापा, सांस्कृतिक समूह प्रमुखमा छात्र आयुश रानाभाट, छात्रा साइरिन गुरुङ, प्रेक्षा रानाभाट, खेलकुद प्रमुखमा छात्रा प्राश्ना गुरुङ, छात्र अभय भण्डारीले सपथ लिए भने गार्नेट हाउसमा लिसा थापा र मनस्वी गुरुङ, सेट्रिन हाउसमा सिम्रन पौडेल र योजना क्षेत्री, एम्रल्ड हाउसमा अभिषेक क्षेत्री र सजना पोखरेल अनि सफायर्ड हाउसमा कुसुम रानामगर र केश्विनी शर्माले सपथ लिए ।

कार्यक्रममा प्रिफेक्ट र क्लास रिप्रिजेन्टेटिभहरुले समेत सपथ लिए । सपथ समारोहमा मार्चपास, झन्डोत्तोलनसँगै विद्यार्थी परिषद्का प्रमुखसहित सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि, सभाध्यक्षसँगै विद्यालयकी सहसंस्थापक अञ्जु बस्नेत रानाभाटले ब्याज प्रदान गर्दै बधाई दिए । विद्यार्थीहरुले स्वागत गीत, नृत्य प्रस्तुत गरेको सो कार्यक्रमको सञ्चालन तहगत प्रमुख पल्लव ठाकुर, कमल लामिछाने, मीनाक्षी गुरुङले गरेका थिए भने धन्यवाद मन्तव्य पूर्वप्रावि प्रमुख प्रियङ्का सेठियाले गरेको जानकारी विद्यालयका नेपाली विभाग तथा सञ्चार संयोजक गोपाल खनालले दिए ।

Advertisement

तपाईको प्रतिक्रिया