गायिका इन्दिराले चितवनको बाराही जंगल लजमा प्रेमी शरदसँग गरिन् बिहे

समाधान संवाददाता २०७९ जेठ ३१ गते १७:२०

गायिका इन्दिरा जोशीले मंगलबार प्रेमी फेसन डिजाइनर शरद् केडियासंग विवाह गरेकी छिन् । चितवनको बाराही जंगल लजमा उनीहरुको विवाह भएको हो । विवाह समारोहमा दुवैतर्फका परिवार र आफन्त गरी ५० जनाको उपस्थिति रहेको थियो । इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गर्दै इन्दिराले जेठ ३१ गते विवाह हुने जानकारी दिएकी थिइन् ।
इन्दिरा र शरदले आगामी तिहारपछि काठमाडौं र वीरगञ्जमा रिसेप्सन पार्टी दिने जनाइएको छ ।

तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले एक वर्षअघि सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया