तनहुँकी सुकमाया गुरुङलाई पोर्चुगल लगिदिन्छु भनेर ठग्ने पक्राउ

काठमाडौं ।
पोर्चुगल पठाई दिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने रोहित प्रजापति भन्ने रोजित श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको बालुवाटार घर भई हाल टोखा बस्ने ३५ वर्षीय श्रेष्ठमाथि पोर्चुगल पठाएर काम लगाइदिन्छु भन्दै ८ जनाबाट साढे ३३ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।
तनहुँको बन्दिपुर गाउँपालिका घर भई हाल काठमाडौँ म्हेपी बस्ने सुकमाया गुरुङले श्रेष्ठ विरुद्ध ठगीको उजुरी दिएकी दिइन् । श्रेष्ठले आफू नेपाल अनाथ आश्रम असहाय समाज नामक संस्थाको केन्द्रीय अध्यक्ष रहेको र पोर्चुगलमा संस्थाको सेमिनार हुन लागेकोले ‘तपाईं लगायत तपाईको आफन्तहरू जाने भए म पोर्चुगल पठाइदिन्छु, पोर्चुगल पुगेपछि काम लगाई दिन्छु,’ भन्दै प्रलोभनमा पारेर ठगी गरेको गुरुङको उजुरीमा उल्लेख छ ।
श्रेष्ठले भिसा प्रोसेसिङ र हवाई टिकटको लागि गुरुङसमेत ८ जनाबाट तेत्तिस लाख पचास हजार रकम लिएका थिए । गुरुङको जाहेरीपछि प्रहरी अनुसन्धानबाट जाहेरवाला लगायतका व्यक्तिहरूको नाममा जारी गरिएको भनिएको हवाई टिकट तथा भिसाहरू नक्कली भएको पत्ता लागेको थियो । प्रहरी उपरीक्षक दिनेश कुमार आचार्यका अनुसार श्रेष्ठलाई प्रहरी टोलीले सोमबार साँझ बालुवाटारबाट पक्राउ गरी आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया