तनहुँकी सुकमाया गुरुङलाई पोर्चुगल लगिदिन्छु भनेर ठग्ने पक्राउ

काठमाडौं ।
पोर्चुगल पठाई दिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने रोहित प्रजापति भन्ने रोजित श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको बालुवाटार घर भई हाल टोखा बस्ने ३५ वर्षीय श्रेष्ठमाथि पोर्चुगल पठाएर काम लगाइदिन्छु भन्दै ८ जनाबाट साढे ३३ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।
तनहुँको बन्दिपुर गाउँपालिका घर भई हाल काठमाडौँ म्हेपी बस्ने सुकमाया गुरुङले श्रेष्ठ विरुद्ध ठगीको उजुरी दिएकी दिइन् । श्रेष्ठले आफू नेपाल अनाथ आश्रम असहाय समाज नामक संस्थाको केन्द्रीय अध्यक्ष रहेको र पोर्चुगलमा संस्थाको सेमिनार हुन लागेकोले ‘तपाईं लगायत तपाईको आफन्तहरू जाने भए म पोर्चुगल पठाइदिन्छु, पोर्चुगल पुगेपछि काम लगाई दिन्छु,’ भन्दै प्रलोभनमा पारेर ठगी गरेको गुरुङको उजुरीमा उल्लेख छ ।
श्रेष्ठले भिसा प्रोसेसिङ र हवाई टिकटको लागि गुरुङसमेत ८ जनाबाट तेत्तिस लाख पचास हजार रकम लिएका थिए । गुरुङको जाहेरीपछि प्रहरी अनुसन्धानबाट जाहेरवाला लगायतका व्यक्तिहरूको नाममा जारी गरिएको भनिएको हवाई टिकट तथा भिसाहरू नक्कली भएको पत्ता लागेको थियो । प्रहरी उपरीक्षक दिनेश कुमार आचार्यका अनुसार श्रेष्ठलाई प्रहरी टोलीले सोमबार साँझ बालुवाटारबाट पक्राउ गरी आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।









अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
भुजीखोला बाढीको ५ वर्ष : पीडितलाई ऋणको पासो, राहतको आशै मर्यो
नेपालमा ५ सय र २ सयका भारु नोट चल्ने, आरबिआईले दियो अनुमति
बेनीको तोरीपानीमा ‘सयपत्री होमस्टे’ : आँगनबाटै हिमाल, १५ सयमै प्याकेज
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया