तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

पोखरा ।
चितुवाको आक्रमणबाट १ जना बालकको मृत्यु भएको छ । मंगलबार तनहुँको बन्दीपुर गाउँपालिका १ बोडीस्वाँरामा चितुवाको आक्रमणबाट पाँच वर्षीय सुप्रिम रिलामीको मृत्यु भएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए ।
घरको आँगनमा खेलिरहेका सुप्रिम चितुवाको आक्रमणमा परेका वडाध्यक्षले थापाले बताए । ‘घरमै खेलिरहेको ४ वर्षीय सुप्रिम साँझ ५ बजेको समयमा चितुवाले समातेर २ सय मिटर पर लगेको रैछ,’ उनले भने, ‘खोजी गर्दै जाँदा शव दुई सय मिटर जंगलमा फेला परेको छ ।’
चितुवाको आक्रमणबाट वर्षेनी तनहुँमा मृत्यु हुनेसंख्या बढ्दो छ । शनिबार नै बन्दीपुर १ र आइतबार बन्दीपुर ४ मा दुई जना घाइते भएका प्रहरीले जनाएको थियो । बाघलाई नियन्त्रणमा राख्ने प्रत्येक वर्ष खोर राखेर नियन्त्रणमा लिँदा पनि प्रभावकारी हुन सकेका छैन । तनहुँबाट एघार जना बालबालिकाले ज्यान गएको प्रहरीले जानएको छ ।







१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया