कुटपिट अंगभंग मुद्दाका फरार एक पक्राउ

समाधान संवाददाता २०७९ जेठ ३१ गते २१:३७


पाेखरा ।
जिल्ला प्रहरी कार्यालय पर्वतले फरार एक जनालाई पक्राउ गरेकाे छ । मंगलबार इलाका प्रहरी कार्यालय हुवासबाट खटिएको इन्पेक्टर खगेन्द्र अधिकारी नेतृत्वकाे टोलीले फरार रहेका पर्वत जिल्ला पैयु गाउँपालिका वडा नम्बर ६ सिरबानी बस्ने ३४ वर्षिय राजन रानालाई पक्राउ गरेकाे हाे ।

पर्वत जिल्ला अदालतले कुटपिट अंगभंग मुद्दामा ०७० सालमा २ वर्ष कैद र ८३८.३३  जरिवाना फैसला  गरेकाे थियो  ।

फैसलाले कुटपिट अंगभङ्ग मुद्दामा २ वर्ष कैद र ८३८.३३ जरिवाना सजाय फैसला भई सजाय भुक्तान गर्न बाँकी समय कार्यान्वयनका लागि जिल्ला अदालत पेश भएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया