मेयरको संयोजकत्वमा निजी साझेदारी समिति
पोखरा ।
पोखरा महानगरपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले दुई वटा समिति बनाएको छ । सुशासन प्रवद्र्धन र सार्वजनिक निजी साझेदारी समिति बैठकले बनाएको एक वडाअध्यक्षले बताए । सुशासन प्रवद्र्धन समितिमा कार्यपालिकाबाट सदस्यमा ३१ नम्बर वडाका अध्यक्ष ढकनाथ कँडेल र मन्दिरा परियार चुनिएका छन् । सार्वजनिक निजी साझेदारी समितिमा पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोला र दीपक घिमिरे चुनिएका हुन् । दुवै समितिमा मेयर संयोजक हुन्छन् ।
नेपालका बढ्दो जनसंख्यमा तथा सहरीकरणसँगै बढीरहेको स्थानीय पूर्वाधार तथा सेवाहरुको मागलाई स्थानीय स्रोतले मात्र पूरा नगर्ने नसक्ने हुँदा कार्यपालिका बैठकले सार्वजनिक निजी साझेदारी समिति बनाएको हुन्छ । महानगरको महत्वपूर्ण समिति मानिने यो समितिले स्थानीय स्वायत्त शासन अन्तर्गत दिगो विकासका लागि अधिकारमा आधारित सेवा प्रदान गर्छ । स्थानीय विकासमा समाहित गर्ने यस नीतिको मुख्य उद्देश्य हुन्छ ।
आर्थिक संरचना तथा स्थानीय पूर्वाधारको निर्माण सञ्चालन र व्यवस्थापनमा निजी क्षेत्रको लगानी, प्रविधि र व्यवस्थापकीय दक्षतालाई आकर्षित गर्ने, स्थानीय सेवा तथा सुविधाहरुको व्यवस्थानका अनुरुप निजी क्षेत्र, समुदाय र गैरसरकारी संस्थालाई अधिकतम परिचालन गर्ने, राज्यले नागरिकलाई प्रदान गर्नुपर्ने सेवा र सुविधाहरु स्थानीय निकाय मार्फत पुर्याउन यो समितिले काम गर्छ । बैठकले असार ७ गते दिउँसो ४ बजे अर्काे बैठक बस्ने निर्णय पनि गरेको छ ।
तपाईको प्रतिक्रिया