विन्ध्यवासिनी क्यामपसमा स्वागत र विदाई

समाधान संवाददाता २०७९ असार १ गते ११:५४

पोखरा ।
पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी क्यामपसले पोखरा १६ का नवनिर्वाचित जनप्रतिनिधिको स्वागत तथा पूर्व जनप्रतिनिधिको बिदाइ गरेको छ । विन्ध्यवासिनी क्याम्पस सञ्चालक समितिका अध्यक्ष दानबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चित्रबहादुर थापाले स्वागत गरे । नवनिर्वाचित जनप्रतिनिधिलाई खादा, अविर र मायाको चिनोद्वारा स्वागत तथा सम्मान गरिएको थियो ।

क्याम्पस सञ्चालक समितिका सल्लाहकार रामबहादुर बानियाँले क्याम्पसको आर्थिक अवस्था कमजोर रहेकाले यसलाई सहयोग गर्नेतर्फ नवनिर्वाचित जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराएका थिए । नवनिर्वाचित जनप्रतिनिधिहरुको तर्फबाट आफ्नो मन्तव्य राख्दै वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले आफू पनि क्याम्पस सञ्चालक समितिको सदस्यको रुपमा रही आएकोले क्याम्पसको विकासमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष दानबहादुर बानियाँले आगामी असार १८ गते शनिबार विन्ध्यवासिनी माविको सभाहलमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री कुमार खड्काको प्रमुख आतिथ्यतामा अधिवेशन हुने बताइएको छ । क्याम्पस प्रमुख विजय शर्माले क्याम्पसको गतिविधिबारे प्रकाश पारे । क्याम्पसका लेखापाल भीमबहादुर गायकले कार्यक्रम सञ्चालन गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया