लेखनाथ उद्योग वाणिज्य संघले दौड प्रतियोगिता गर्ने

समाधान संवाददाता २०७९ असार १ गते १२:१८

लेखनाथ ।
लेखनाथ उद्योग वाणिज्य संघबाट गठित बजार व्यवस्थापन उपसमितिको बैठक आइतबार संघको सभा कक्षमा सम्पन्न भएको छ । संघका प्रथम उपाध्यक्ष एवं बजार व्यवस्थापन उपसमितिका संयोजक राजेन्द्र ओझाको संयोजकत्वमा बसेको बैठकमा हाल बजारमा भइरहेको अस्वस्थ्य प्रतिस्पर्धालाई हटाई स्वच्छ प्रतिस्पर्धा गरी उद्योग व्यवसाय सञ्चालन गर्न विभिन्न बजार व्यस्थापन समितिहरुलाई सक्रिय बनाई स्थानीय प्रशासन तथा स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्ने विषयमा सहभागीहरुले छलफल गरेका थिए ।

सोही अवसरमा संघका अध्यक्ष छत्रधर आत्रेय, निवर्तमान अध्यक्ष बलराम ढकाल, वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ लगायत पदाधिकारी तथा कार्यसमिति सदस्य एवं विभिन्न बजार व्यवस्थापन समितिका १४ जना अध्यक्ष एवं प्रतिनिधिहरु उपस्थित बैठकबाट लेखनाथ उद्योग वाणिज्य संघको रजत महोत्सव विभिन्न कार्यक्रमका साथ मनाउने सन्दर्भमा खेलकुदको माध्यमबाट उद्योगी व्यवसायीबिच सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यले संघका सदस्यहरु बिच बजार व्यवस्थापन समितिको सिफारीसमा असार १८ गते शनिबारका दिन बिहान ७ बजे महोत्सव स्थल तालचोकदेखि भण्डारढिक चउर सम्म महिला तथा पुरुष व्यवसायीहरुको दौड प्रतियोगिताको आयोजना गर्ने र सो प्रयोजनका लागि असार १० गतेभित्र सहभागीहरुको नामावली सम्बन्धित बजार व्यवस्थापन समितिले संघमा उपलब्ध गराउने निर्णय गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया