गण्डकी बोर्डिङ स्कुलको स्थापना दिवस

पोखरा ।
गण्डकी बोर्डिङ स्कुल (राष्ट्रिय विद्यालय) ले आइतबार ५७ औं स्थापना दिवस मनाएको छ । सो अवसरमा विद्यालयले २० वर्ष बढी सेवा गरेका शिक्षक तथा कर्मचारीलाई सम्मान गर्यो । सम्मानित हुनेमा शिक्षकहरु कृष्णप्रसाद अधिकारी, कृष्णप्रसाद ढुंगाना र सञ्जय निरौला तथा कर्मचारीतर्फ शम्भुलाल श्रेष्ठ, पदमकुमारी गुरुङ, विना भण्डारी, फणीन्द्र पौडेल, सावित्री केसी, थमनाथ तिमिल्सिना, कैलाशचन्द्र देवकोटा छन् ।
उनीहरुलाई प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ, विद्यालय प्राचार्य वीरेन्द्र खड्कालगायतले दोसल्ला, करुवासहित सम्मानपत्र हस्तान्तरण गरे । कार्यक्रममा विद्यालय प्राचार्य वीरेन्द्र खड्काले विद्यालयको स्थापनाबारे छोटो परिचय दिंदै विद्यालय प्रगतिबारे जानकारी दिएका थिए । शिक्षा विकास तथा समन्वय समिति कास्की काप्रमु खनारायणप्रसाद शर्मा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १९ का नवनिर्वाचित वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, शिक्षक अभिभावक संघका अध्यक्ष जयमोहन भट्टराई, गण्डकी सार्वजनिक शैक्षिक गुठीका प्राडा रवीन्द्रप्रसाद श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा विद्यालयले विद्यार्थीलाई एकाडेमिक पुरस्कार वितरण गर्नुका साथै पिटिए अवार्ड प्रदान गरेको थियो ।
विद्यालयका सूचना अधिकारी समेत रहेका सहायक प्राचार्य यज्ञराज शर्माले स्वागत मन्तव्य व्यक्त गरेको समारोहमा धन्यवाद ज्ञापन मावि तहका सुपरभाइजर शान्तबहादुर विश्वकर्मा र संचालन अतिरिक्त क्रियाकलाप इन्चार्ज मानबहादुर थापाले गरेका थिए । सो अवसरमा विद्यार्थीले विविध सांस्कृतिक नृत्य प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए ।
२०२३ साल जेठ २९ मा स्थापित जिबिएसमा हाल कक्षा ४ देखि प्लस टु एवं ए–लेभलको पढाइ हुन्छ । यस्तै, पोखरा विश्वविद्यालयको सम्बन्धनमा जिसिइएसअन्तर्गत कम्प्युटरको सफ्टवेयर र हार्डवेयरतर्फको पढाइ हुने गरेको छ । पोखरा लामाचौरस्थित सो विद्यालयमा हाल करिब १२ सय विद्यार्थी र डेढ सय शिक्षक, कर्मचारी रहेको विद्यालय सेक्रेटरी हरि शर्माले जानकारी दिए ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया