ड्यामसाइड क्लबमा सल्लाहकार चयन

समाधान संवाददाता २०७९ असार १ गते १३:१३

पोखरा ।
पोखरा १७ मा रहेको ड्याम साइड क्लबले सल्लाहकार चयन तथा छलफल गरेको छ । मंगलबार आयोजित एक कार्यक्रममा अधिवक्ता केशवराज बराल, इन्जिनियर किसानसिंह गुरुङ र समाजसेवी कल्पना श्रेष्ठलाई २ वर्षका लागि क्लबको सल्लाहकारमा मनोनित गरेको हो ।

सल्लाहकारमा मनोनित सबै जनालाई निर्वतमान अध्यक्ष पदमबहादुर ढकाल र अध्यक्ष प्रताप गुरुङले प्रमाणपत्र प्रदान गरेका थिए । त्यस अवसरमा क्लबले ड्याम साइड क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन विगतका दिनहरुमा गरेका कामहरुलाई निरन्तरता दिँदै महानगरपालिका र प्रदेश सरकारसँग मिलेर काम गर्ने आगामी योजना रहेको अध्यक्ष प्रताप गुरुङले बताए । क्लबका अध्यक्ष प्रताप गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद वराल र कार्यक्रम सञ्चालन महासचिव राकेश श्रेष्ठले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया