अन्तर्राष्ट्रिय रक्तदान दिवस

रक्तदानको आवश्यकता र विकास क्रम

समाधान संवाददाता २०७९ असार १ गते १४:४८

सूर्यप्रसाद ढकाल ।
रगत मानव शरिरमा निरन्तर मुटु, रक्तनलीहुँदै बगिरहने रातो तरल पदार्थ हो । यसले शरिरका कोष कोषमा आवश्यक पर्ने अक्सिजन, खाद्य तत्व, भिटामिन, पानी लगायतको पदार्थ पुर्‍याउने गर्छ । हाम्रो शरिरमा बाहिरबाट प्रवेश गर्ने वा शरिरमा उत्पन्न्न किटाणुहरु मार्ने, घाउहरु निको पार्ने वा पुर्ने लगायतको आवश्यक काम गरी रगतले सुरक्षा प्रदान गर्दछ । शरिरमा अनावश्यक कार्वनडाइअक्साइड, मरेका तन्तुहरु, अन्य अनावश्यक विकार तत्वहरु बाहिर लैजान सहयोग गरी सरसफाईको कार्य गर्दछ ।

Advertisement

सामान्य तया एउटा बयस्क मानिसको शरिरमा लगभग ५ लिटर रगत हुन्छ । यो मात्रा मानिसको उमेर, तौल लगायतको कुराले तलमाथि हुन सक्छ । हाम्रो शरिरमा यस्तो महत्वपूर्ण कार्य गर्ने रगत तथा रक्त तत्व अहिलेसम्म मानिसलाई आवश्यक पर्दा, मानिसको शरिरमा आवश्यक मात्रामा उत्पन्न नहुँदा, अनि कुनै कारणबाट खेर जाँदा परिपुर्ती गर्ने विकल्प भनेको अर्को स्वस्थ मानिसको शरिरबाट निकालेर आवश्यक व्यक्तिलाई उपलब्ध गराउनु नै हो । विश्वमा मानव स्वास्थ्यका क्षेत्रमा वैज्ञानिकहरुले ठूलो फड्को मारे पनि रगतको विकल्प रगत नै हो । अर्को कुनै औषधी उत्पादन भएको छैन ।

त्यसैले दुर्घटना भएर रगत खेर जाँदा, महिला सुत्केरीहुँदा बढि रगत बगेर जाँदा अप्रेसनको समयमा रगत बढी बग्दा, गम्भीर पोलाई, सर्पको टोकाई तथा अन्य अवस्थाहरुमा शरिरमा रगत बन्न नसक्ने रोगहरु एनिमिया, थालिमिया, हेमोफिलीया लगायतका समस्यामा मानिसलाई रगतको आवश्यकता परेपनि अर्को स्वस्थ मानिसबाट प्राप्त गर्नु पर्दछ । हाम्रो शरीरमा हुने रगत द्रब्य वा तरल र ठोस भागमा रहेको हुन्छ । द्रब्य पदार्थ प्लाज्मा हो । यो ५५ प्रतिशत हुन्छ । यसमा पानी, खनिज र अन्य रसायनहरु रहेको हुन्छन् । अर्कोतर्फ ४५ प्रतिशत ठोस भागहरु धेरै सुष्म रुपमा राता रक्त कोष (च्द्यऋ), सेता रक्त कोष (ध्द्यऋ) तथा पेल्टलेसहरु हुन्छन् । यिनिहरुको आकार०.००२ मिलिमिटर हुने हुँदा ज्यादै सानो आकारको हुन्छ ।

Advertisement

हिजोको समयमा सरकारको कुनै पनि सहयोग नहुँदा पनि दान वीरहरुको सहयोग, स्रोत व्यवस्थापन गरी सामान्य लागत खर्चमा रक्तसंचार सेवा रेडक्रसबाट हुँदै आएको थियो । अब विस्तारै सरकारका ध्यान यसतर्फ जान थालेको देखिन्छ ।

पेल्टलेसले कुनै अंग काटिदा, घाउ लाग्दा रगत बग्ने रोक्दछ वा जम्न मद्दत गर्दछ । एउटा स्वस्थ्य मानिसमा रक्त कोषहरुको आयू सिमित हुन्छ । राता रक्त कोष (च्द्यऋ) को आयू सामान्य तया १२० दिन, सेता रक्तकोष (ध्द्यऋ) को केही समय वा एक हप्ता सम्म हुन्छ, पेल्लेसको आयू केही दिन हुन्छ । त्यसैले हाम्रो शरिरमा रगतका कोषहरु नियमित बन्ने र नस्ट हुने क्रम चली नै रहन्छ । त्यसैले एउटा स्वस्थ्य मानिसले ३५० एमएलसम्म रक्तदान गर्दा कुनै फरक पर्दैन । रक्तदान गरेर रगतको अभावमा बाँच्नको लागि छटपटाई रहेकालाई जीवन दान गरौ ।

Advertisement

रक्तदानको इतिहास हेर्दा त्यति लामो छैन । झण्डै ३-४ सय वर्ष मात्र रगत र रक्त तत्वको खोजी गर्न लागेको भएको छ । सन् १६१६ को समयमा वियलियम हार्मेले कुनै पनि प्राणीको शरिरमा रक्त प्रवाह हुन्छ भन्ने तथ्य पत्ता लगाएका थिए । त्यसपछि लामो समय पश्चात सन् १८१८ मा वेलायतका डा जेम्स ल्वेन्सले एउटा मानिसको रगत संकलन गरी अर्को बिरामीमा पहिलो पटक रक्त संचार गराउने प्रयास गरे । सन् १९०० मा अष्ट्रियाका डा र्काल लेन्डस्टेनरले रक्त समूह एबीओ र एबी पत्ता लगाए । सन् १९१४ मा वेल्जियमका डा हस्टिनले रगतलाई शरिर बाहिर बोतलमा सोडियम साइटेट रसायनको सहायताले नजम्ने गरी रगत राख्ने तरिका पत्ता लगाएका थिए ।

सन् १९३०मा डा काल लेन्डस्टेनरले रगत र रक्ततत्व, रक्तदान, रगतका समुहहरु पत्ता लगाएको स्वरुप भौतिक शास्त्रको नोवेल पुरस्कार समेत प्राप्त गरे । उनैको जन्म दिन १८६८ जुन १४ को सम्झना स्वरुप हाल हरेक वर्ष विश्व भरी १४ जुनलाई विश्व रक्तदान दिवसको रुपमा मनाइदै आएको छ । सन् २००४ देखि नियमित रुपमा यो दिवस विश्वभरी रक्तदान र यसको महत्वलाई व्यापक बनाउने गरि मनाइने गरिन्छ । रक्त समूह पत्ता लागेको लामो समय पश्चात सन् १९४० मा बाहन र लेन्डस्टेनर मिलेर र आर एच धनात्मक र ऋणात्मक गतिमा हुने कुरा समेत पत्ता लगाए ।

मानव शरिरमा रक्त प्रवाह नियमित रुपमा रहिरहन्छ । बाहिरी कुनै अवरोध नहुँदा हाम्रो शरिरमा चैविसै घण्टा शरिरका नशाहरु, घमनी, शिरा र केशिका भएर बगिरहन्छ र कोष कोषमा पुग्दछ । यो स्वचालित अंग मुटुले पम्प गरेको हुन्छ । हाम्रो शरिरको सबै मागमा रगत पुगेर उत्तिकै रुपमा आपूर्ति, सरसफाई र सुरक्षाको कम गर्नु परे पनि मस्तिष्क-टाउकोमा बढी रगत खपत हुन्छ । रगत जीवन दान गर्ने चीज हो । एकछिनमात्र रक्त प्रवाह रोकिदा मानिको मृत्यु हुन पुग्दछ । यसैले रगतलाई जीवनको नदीको रुपमा भनिन्छ । यो अविरल बगिरहन्छ । त्यसैले एउटा मानिसलाई रगत चाँहिदा हामी सक्ने व्यक्तिले उपलब्ध नै नगराउने हो भने त्यो मानिसलाई बचाउन सकिदैन । यस्तो अवस्थामा रक्त दान गर्ने व्यक्ति नै जीवन दाता हो ।

नेपालमा पनि रक्त संचार सेवाको थालनी वि.सं. २०२३ श्रावण १२ गते (सन् १९६६) बाट वीर अस्पतालको हातामा लक्ष्मी ब्लड बैंकको रुपमा नेपाल रेडक्रस सोसाइटीबाट संचालनमा ल्याइएको थियो । नेपालमा पहिलो रक्तदान गर्ने व्यक्ति स्वर्गीय दयावीरसिंह कंशकार हुन् । वि.सं. २०२३ सालमा १ सय ५७ यूनिट रगत संकलन तथा वितरण गरिएको थियो । वि.सं. २०४८ चैत २४ गते नेपाल रेडक्रसलाई नेपाल सरकारको मन्त्रीपरिषद्बाट निर्णय नै गरेर आधिकारिक रुपमा रक्तसंचार सेवा संचालनको जिम्मेवारी दिइएको थियो । हाल नेपाल रेडक्रस सोसाइटीको ७२ जिल्ला शाखाहरुमार्फत १०० भन्दा बढी रक्तसंचार सेवाहरु संचालनमा रहेका छन् ।

नेपाल रेडक्रस सोसाइटीले काठमाडौंमा केन्द्रीय रक्तसंचार सेवा, ७ वटा प्रदेशमा प्रदेश स्तरीय रक्तसंचार सेवा, जिल्ला स्तरमा जिल्ला रक्तसंचार सेवा, अस्पतालहरु-शिक्षण अस्पतालहरु र अन्य केही ठुला अस्पतालहरुमा अस्पताल एकाई मार्फत रक्त संचार सेवा उपलब्ध गराउने कार्य सञ्चालमा आएका छन् । यसरी वार्षिक रुपमा तिन लाख यूनिट भन्दा बढी रगत संकलन गरी सुरक्षित रुपमा बिरामीसम्म पुर्‍याउने कार्य भएको छ । यो मात्र वर्षेनी बढ्दै गएको छ । पछिल्लो आंकडा हेर्दा देश भरी दैनिक सरदर हजार यूनिट भन्दा बढी रगत तथा रक्त तत्वको माग रहेको छ ।

पछिल्लो समय नेपाल सरकारले रक्तसंचार सेवालाई सहज बनाउन गुणस्तर व्यवस्थापन लगायतका क्षेत्रका लागि सहजीकरण गर्नका लागि राष्ट्रिय रक्त संचार व्युरो गठन गरेको छ । यस वर्ष संघीय सरकारले ७ वटै प्रदेशमा प्रदेश स्तरको रक्त संचारलाई व्यवस्थित र सर्व सुलभ बनाउन सरकारी स्वामित्वको व्लड बैंक स्थापना गरिने कुरा बजेट भाषणमा आएको छ । यसबाट प्रदेश स्तरमा रक्तसंचारलाई सेवालाई आवश्यक पर्ने सबै प्राविधिक सहयोग पुर्‍याउने भएमा निकै राम्रो पक्ष हो । यदि भएका रेडक्रसका रक्त संचार सेवासँग प्रतिस्पर्धी बनाउन खोजेमा रेडक्रसका सेवा कार्य अबरुद्ध हुन पुग्दछ ।

आर्थिक वर्ष २०७८-०७९ को अवधीमा गण्डकी प्रदेश सरकारले आफ्नो प्रदेश भित्र रगत तथा रक्ततत्व निशुल्क गर्ने घोषणा गरेर २०७८ फागुन १ गतेबाट कार्यान्वयन गरेको छ । रगत तथा रक्ततत्व निशुल्क गर्नेमा गण्डकी प्रदेश सरकार अग्रणी भएको छ । रेडक्रसले दुःखका साथ हालसम्म स्वयं सेवी रूपमा रक्तसंचार सेवा संचालनमा ल्याएको हो । अर्को तिर केहि पालिकाहरुले आफ्नो पालिकाका नागरिकहरुलाई निशुल्क रगत तथा रक्त तत्व उपलब्ध गराउने कार्य भएका छन् । रगत संकलन, बिरामीसम्म सुरक्षित प्रदानको लागि विभिन्न परिक्षणहरु गर्ने, रगतको आवश्यक चिस्यानको व्यवस्थापन, फ्रिजहरु कोल्ड रुमहरुको व्यवस्थापन, बत्ती-पानीको व्यवस्थापन, ब्लड व्याग खरिद, विभिन्न टेस्ट किट र रियजेन्टहरु खरिद गरी समय सापेक्ष गुणस्तर व्यवस्थापन गर्नु निकै चुनौतीको विषय हो ।

स्वयं सेवी रक्तदाता वृद्धि गरेर रगतको बजार भागलाई ख्यालगरी सेवा गर्नु अहिलेका चुनौतीहरु हुन । त्यसैले समय सापेक्ष उन्नत प्रविधिको योग्य, जनशक्तिलाई आवश्यक तालिमको व्यवस्था गर्नु अर्को महत्वपूर्ण पाटो छ । सरकारले आवश्यक नीति नियम, र कानुनको व्यवस्थापनगरी अनुगमन र मूल्यांकन गर्ने कार्यले रक्तसंचार सेवालाई अरु सहज बनाउन सहयोग पुर्‍याउनु आवश्यक हुन्छ । नेपाल रेडक्रसले पनि आफ्ना रक्तसंचार सेवाहरुलाई समय अनुसार गुणस्तरीय सेवा प्रदान गर्दा आफ्नो क्षमता अभिवृद्धि गर्दै लैजानु पर्दछ । नेपालमा सुरुदेखि नै रक्तसंचार सेवाको संचालन रेडक्रसबाटहुँदै आएको छ ।

हिजोको समयमा सरकारको कुनै पनि सहयोग नहुँदा पनि दान वीरहरुको सहयोग, स्रोत व्यवस्थापन गरी सामान्य लागत खर्चमा रक्तसंचार सेवा रेडक्रसबाटहुँदै आएको थियो । अब विस्तारै सरकारका ध्यान यसतर्फ जान थालेको देखिन्छ । यस रक्तसंचार सेवालाई सरकार र रेडक्रसको साझेदारीमाहुँदा राम्रो हुने छ । रक्तसंचार सेवालाई गुणस्तरीय र आधुनिक प्रविधिलाई प्रयोग गर्दै अरु व्यापक बनाउनु अहिलेको आवश्यकता हो ।
(ढकाल नेपाल रेडक्रस सोसाइटीका गण्डकी प्रदेश अध्यक्ष हुन्)

तपाईको प्रतिक्रिया