पोखराका मेयरलाई अटेरीको सुझावमुलक मायाको चिनो

पोखरा ।
पोखराका मेयर धनराज आचार्यलाइ अटेरी अभियानले सुझावमुलक मायाको चिनो हस्तान्तरण गरेको छ । बुधबार बिहान अटेरी अभियानका अभियन्ताहरुले मेयर आचार्यलाई भेटेर मायाको चिनो हस्तान्तरण गरेका हुन् ।
पदभार ग्रहण गरेपछि १ वर्षभित्र पूरा गर्ने घोषणा गरेका योजनाहरुको लिस्ट बनाएर अभियानले मेयर आचार्यलाइ बुझाएको हो । स्थानीय तह निर्वाचनमा निर्वाचन संयोजकको भुमिकामा रहेका अभियन्ता हरि कार्कीले घोषणापत्रमा समावेश गरिएका बुँदाहरुलाई सुझावको रुपमा मेयर आचार्यलाइ हस्तान्तरण गरेको बताए । ‘पोखरा महानगरपालिका प्रमुखको रुपमा पदभार ग्रहण गरि सकेपछि मेयर साबले एक वर्षभित्र पूरा गर्ने प्रतिबद्धता जनाउनु भएका योजनालाई हामीले लिस्ट बनाएर दिएका छौं । ताकि उहाँलाई आफ्नो चुनावी बाचा सम्झिन सजिलो होस्,’ उनले भने ।
काम गर्नु र गरि रहनुमा फरक रहेको बताउदै कार्कीले अभियानको तर्फबाट सफल कार्यकालको शुभकामना दिएको बताए । महानगरपालिका बनाउनका लागि अभियानले सिर्जनात्मक दबाब दिइ रहने उनले बताए । आगामी संघ र प्रदेशको चुनावमा स्वतन्त्र उम्मेदवारलाई एकजुट बनाउन अभियानका परिकल्पनाकार गनेस पौडेल देश दौडाहामा निस्केका छन् । देश व्यापी छलफल पछि स्वतन्त्र उम्मेदवारको समुह बनाउन पहल गरिने कार्कीले बताए ।








वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया