तनहुँमा खोलामा ट्रिपर खस्दा चालकको मृत्यु
समाधान संवाददाता
२०७९ असार २ गते १०:१०

तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका ४ पावर हाउस स्थित रुवाखोलाको पुलबाट बिहीबार बिहान मिनी ट्रिपर खस्दा चालकको मृत्यु भएको छ ।
चालक तनहुँकै म्याग्दे गाउँपालिका ६ मनपाङका ४७ वर्षीय राम बहादुर दमाईको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको भरतपुर स्थित मेडिकल कलेज भरतपुरमा आज बिहान सवा ६ बजे मृत्यु भएको हो ।
मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग १ क ४४६९ नम्बरको ट्रिपर बिहीबार बिहान साढे ४ बजे अनियन्त्रित भई पुलबाट अन्दाजी २० मिटर तल खोलामा खसेको थियो ।
सम्बन्धित







सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया