खेलकुद पूर्वाधार विकासमा १५ करोड बजेट

पोखरा ।
गण्डकी प्रदेश सरकारले प्रदेशभित्र खेलकुद पूर्वाधार विकासका लागि १५ करोड रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सभामा बुधबार आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले प्रदेशभित्रका खेल मैदानको निर्माण, मर्मत तथा स्तरोन्नतिका लागि उक्त रकम विनियोजन गरेको जनाएका हुन् ।
सरकारले १ स्थानीय १ खेल मैदान निर्माण कार्यलाई निरन्तरता दिएको छ । सरकारले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको सहभागिताका लागि आवश्यक बजेट व्यवस्था गरेको छ । राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेताका लागि नगद पुरस्कार र राष्ट्रिय तथा प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा भाग लिने खेलाडीको बिमा गर्ने व्यवस्था मिलाएको बजेटमा उल्लेख छ ।
राष्ट्रिय तथा प्रादेशिक खेलकुद प्रतियोगिता सञ्चालन गर्न सक्ने गरी सरकारसँगको साझेदारीमा पोखरा रंगशालाको स्तरोन्नति गरिने सरकारले जनाएको छ । सरकारले साहसिक खेलको प्रवद्र्धन एव्र प्रतियोगिता आयोजना गर्दै खेल पर्यटनको प्रवद्र्धन गर्न बजेटको व्यवस्था गरेको छ ।
सरकारले प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यमा सांस्कृतिक, धार्मिक, साहसिक, कृषि, स्वास्थ्य तथा खेल पर्यटक आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको छ । प्रदेशस्तरीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न, सहभागी हुन र खेलाडीलाई प्रोत्साहन तथा समग्र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक बजेट विनियोजन गरिएको मन्त्री बरालले बताए ।








भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
लेखनाथका समाजसेवी उद्यमी चन्द्रकृष्ण कर्माचार्य पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया