एसपिपी नगरेको सेनाको स्पष्टोक्ति
समाधान संवाददाता
२०७९ असार २ गते ११:००
नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग स्टाटेजी पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्बन्धी कुनै सम्झौता नगरेको प्रष्ट पारेको छ ।
बुधबार एक विज्ञप्ति प्रकाशित गरी नेपाली सेनाले यस्तो प्रष्टिकरण दिएको हो । साथै एसपिपीसम्बन्धी सञ्चारमाध्यममा आएका समाचारमा आफ्नो ध्यानाकर्षण भएको पनि सेनाले जनाएको छ । नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू–राजनैतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक समझदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुनेमा सेना सदैव स्पष्ट रहेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया