पृथ्वीनारायण क्याम्पसमा निशुल्क बिएएलएलबी प्रवेश कक्षा

समाधान संवाददाता २०७९ असार २ गते ११:४४

पोखरा ।
अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसले निशुल्क बिएएलएलबी इन्ट्रास कक्षा सञ्चालन गर्ने भएको छ । अनेरास्ववियु विद्यार्थी नेता विशाल भण्डारीका अनुसार कक्षा असाढ १ गते बाट बिहान ७ः३० बजे बाट ९ः३० बजेसम्म ३ महिना सञ्चालन हुने छ । नेता भण्डारीका अनुसार सो कक्षा अनुभवी वरिष्ठ अधिवक्ताहरुबाट सञ्चिालित हुने छ ।

कक्षाका सहभागीले निशुल्क पुस्तकसहित पाउने र साप्ताहिक रुपमा मकटेस्ट गराइने संयोजक नरेन्द्र ढकालले बताए । पिएन क्याम्पसमा ५ वर्षे कानुन विषय पढ्न करिब साढे ३ लाख खर्च लाग्छ । गत वर्ष अनेरास्ववियुले सञ्चालन गरेको इन्ट्रास सहयोगी कक्षामा ९९ प्रतिशत विद्यार्थीले नाम निकाल्न सफल भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया