सुकम्बासी र अव्यवस्थित बसोबासका लागि निवेदन आह्वान
समाधान संवाददाता
२०७९ असार २ गते १२:२२

लेखनाथ ।
सुकम्बासी समाधान आयोग कास्कीले भूमिहीन सुकम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबास गर्दै आएका तर यस पूर्व निवेदन दिनबाट छुटेकालाई निवेदन दिनका लागि आह्वान गरेको छ ।
आयोगले सूचना प्रकाशन गरी गत वर्ष संकलन गरिएका निवेदन सुरक्षित रहेकाले उक्त समयमा निवेदन दिन छुटेका व्यक्तिहरुले असार ४ गतेसम्म आफ्ना आवस्यक कागज पत्र सहित सम्बन्धित वडामा निवेदन दिन सकिने बताएको छ ।
यसै विच पोखरा महानगरपालिका वडा नम्बर २७ ले जनप्रतिनिधिहरुको हेल्प डेस्क नै खडा गरी राष्ट्रिय भूमि आयोगको निर्देशन अनुसार छुट भएका उपभोक्ताहरुको निवेदन संकलन गरिरहेको र निवेदनका आधारमा सुकम्बासी समस्याका बारेमा सम्बन्धित निकायमा दबाब दिने योजना बनाएको वडाअध्यक्ष पूर्णकुमार गुरुङले जानकारी दिएका छन् ।
सम्बन्धित








इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया