सेयर बजार सुधार माग गर्दै गण्डकी इन्भेष्टर फोरमले बुझायाे ज्ञापनपत्र

समाधान संवाददाता २०७९ असार २ गते १३:३४

पोखरा ।
सेयर बजार सुधारका लागि १९ बुँदे माग सहित अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र बुझाइएको छ । गण्डकी इन्भेष्टर फोरम पोखरका प्रतिनिधिहरुले बुधबार कास्कीका प्रमुख जिल्ला अधिकारी जयनाराणय आचार्य मार्फत अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र बुझाएका हुन् ।

फोरम पोखराका अध्यक्ष अर्जुनकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले कास्कीमा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यमार्फत अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापन पत्र बुझाउदै जतिसक्दो मागहरु पूरा गर्न आग्रह गरेको हो । सेयर बजारमा दिनानुदिन गिरावट आएपछि सेयर लगानीकर्ताहरु मर्कामा परेका छन् । पुँजी बजार सुधार र विस्तारका लागि सेयर लगानी कर्ताले लामो समयदेखि सरकारसँग पहल गर्दै आएका छन् ।

ज्ञापनपत्र बुझ्दै कास्कीमा प्रमुख जिल्ला अधिकारी आचार्यले जतिसक्दो छिटो उक्त ज्ञापनपत्र अर्थमन्त्रीलाई पठाइदिने आश्वासन दिए । त्यस अवसरमा बोल्दै फोरम कास्कीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले २०७५ सालदेखि नै पटकपटक आवाज उठाउँदै आएको भएपनि सरकारले हाम्रा मागलाई बेवास्ता गर्दै आएको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया