सेयर बजार सुधार माग गर्दै गण्डकी इन्भेष्टर फोरमले बुझायाे ज्ञापनपत्र

पोखरा ।
सेयर बजार सुधारका लागि १९ बुँदे माग सहित अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र बुझाइएको छ । गण्डकी इन्भेष्टर फोरम पोखरका प्रतिनिधिहरुले बुधबार कास्कीका प्रमुख जिल्ला अधिकारी जयनाराणय आचार्य मार्फत अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र बुझाएका हुन् ।
फोरम पोखराका अध्यक्ष अर्जुनकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले कास्कीमा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यमार्फत अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापन पत्र बुझाउदै जतिसक्दो मागहरु पूरा गर्न आग्रह गरेको हो । सेयर बजारमा दिनानुदिन गिरावट आएपछि सेयर लगानीकर्ताहरु मर्कामा परेका छन् । पुँजी बजार सुधार र विस्तारका लागि सेयर लगानी कर्ताले लामो समयदेखि सरकारसँग पहल गर्दै आएका छन् ।
ज्ञापनपत्र बुझ्दै कास्कीमा प्रमुख जिल्ला अधिकारी आचार्यले जतिसक्दो छिटो उक्त ज्ञापनपत्र अर्थमन्त्रीलाई पठाइदिने आश्वासन दिए । त्यस अवसरमा बोल्दै फोरम कास्कीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले २०७५ सालदेखि नै पटकपटक आवाज उठाउँदै आएको भएपनि सरकारले हाम्रा मागलाई बेवास्ता गर्दै आएको बताए ।








क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया