जिसस म्याग्दीको सदस्यमा एमाले विजयी, प्रमुख उप–प्रमुखमा मनोनयन दर्ता

राकेश शर्मा २०७९ असार २ गते १३:४५
????????????????????????????????????

म्याग्दी ।
असार ५ गते हुने जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचनका लागि नेकपा एमाले र कांग्रेस माओवादी गठबन्धनका तर्फबाट बुधवार उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा एमाले जिसस प्रमुख पदमा राजकुमार थापा र उपप्रमुखमा दिलकुमारी खत्रीको उम्मेदवारी दर्ता गरएको छ । यसैगरी कांग्रेस र माओवादीको गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले प्रमुखमा मनकुमारी विक र उपप्रमुखमा सोहन श्रेष्ठको उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिए । उनका अनुसार गठबन्धनका तर्फबाट अन्य सदस्यहरुमा उम्मेदवारी नपरेकाले एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् ।

मनोनयनको अन्तिम समयावधिसम्म सदस्य पदमा ७ जनाको मात्रै उम्मेदवारी परेकाले नेकपा एमालेका सबै उम्मेदवारहरु निर्विरोध चयन एको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । एमालेको तर्फबाट प्रमुख पदमा उम्मदेवारी दिएका थापा बेनी नगरपालिका १ रत्नेचौरबाट वडा सदस्यमा निर्वाचित भएका थिए । यसैगरी उपप्रमुख पदको उम्मेदवार खत्री मंगला गाउँपालिका १ कुहुँबाट वडा सदस्यमा निर्वाचित भएका हुन् । कांग्रेस र माओवादीको गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएकी विक बेनी नगरकार्यपालिका सदस्य र श्रेष्ठ बेनी वडा नम्बर ७ को वडा सदस्य हुन् ।

Advertisement

निर्विरोध निर्वाचित हुने सदस्यहरुमा कृष्णदत्त पौडेल पाध्या (बेनी), श्रीप्रसाद गर्बुजा (धवलागिरि) देब गर्बुजा पुन(अन्नपूर्ण) महिला सदस्यहरु कविता विक (मंगला) गौमति चपाई (मालिका) धनकुमारी सुनार (रघुगंगा) र दलित वा अल्पसंख्यकबाट जानकारी विश्वकर्मा निर्विरोध चयन भएका छन् । बुधवार नै उम्मेदवारहरुको सूची प्रकाशन गर्ने कार्यतालिका छ । २ गते उम्मेदवार उपर उजुरी, सोही दिन जाँच र उजुरी उपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, ३ गते उम्मेदवारको नाम फिर्ता, अन्तिम नामावली प्रकाशनसंगै उम्मेदारलाई चुनाव चिन्ह प्रदान गर्ने र ५ गते मतदान गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एक नगरपालिका र ५ गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको म्याग्दीमा १२ मतभार थियो । एमालेको ७ मत, कांग्रेस ३ र माओवादीको २ मतभार छ । काँग्रेस र माओवादीको गठबन्धन हुँदा पनि एमालेको एकल बहुमत छ ।

Advertisement

राकेश शर्मा

शर्मा समाधान राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया