अमरसिंह चोकमा ‘हट एन्ड स्पाइसी’को नयाँ शाखा
पोखरा ।
‘स्वाद र स्वास्थ्य’ नारासहित सेवा प्रदान गर्दै आएको हट एन्ड स्पाइसीले आफ्नो नयाँ शाखा अमरसिंहमा विस्तार गरेको छ । पोखरा महानरपालिका १० अमरसिंहचोकस्थित मेगा बैंकसँगै हट एण्ड स्पाइसीले मायाज कस्टम केकसहित रेस्टुरेन्ट बुधाबार देखि सञ्चालनमा ल्याएको हो ।
उक्त रेष्टुरेण्टको उद्घाटन नवनिर्वाचित पोखरा १० का वडाध्यक्ष राजेश गुरुङले गरे । सो अवसरमा बोल्दै गुरुङले सफलताको शुभकामना व्यक्त गरे । विभिन्न ठाउँमा शाखाहरु विस्तार गर्नु आफैमा प्ररणादायी कार्य रहेको वडाध्यक्ष गुरुङले धारणा राखे । ‘यो त उदाहारणीय काम हो । सरकारले गर्न नसकेको काम तपाइहरुले गर्नुभएको छ,’ उनले भने, ‘२ सय भन्दा बढि कर्मचारीलाई रोजगार दिनुभएको छ । यतिमात्र नभई प्रशिक्षणको व्यवस्था पनि रहेछ जसले आत्मनिर्भर बन्न सघाउ पुग्छ ।’
वडाध्यक्ष गुरुङले युवाहरुलाई दक्ष र आत्मनिर्भर बनाउने काममा हट एण्ड स्पाइसीले योगदान दिएको भन्दै प्रशंसा गरेका थिए । हट एन्ड स्पाइसीले आफ्नो शाखाहरुलाई वर्गीकरण गरेको बताउदै पोखरामा ४ वटा क वर्गका शाखा रहेको सञ्चालक ज्ञान गुरुङले बताए । उनका अनुसार सेवाकेन्द्र क वर्गका शाखाहरु सहित पोखरामा एक दर्जन शाखाहरु छन् । उनले पोखराको बगर, नदीपुर, ड्यामसाइड, अमरसिंह लगायतको स्थानबाट सेवा प्रदान गर्दै आएको बताउदै भने, ‘हामीले अनलाइनमार्फत पनि खाजाका परिकारहरु डेलिभरी गर्छाै । बगको क्षेत्रबाट आयो भने बगरबाट सप्लाई हुन्छ । यस्तै जुन ठाउँबाट नजिक पर्छ त्यही आसपासको शाखाबाट खाजा उपलब्ध गर्दै आएका छौं ।’
उनले अमरसिंह क्षेत्रको ग्राहकलाई मध्यनगर गर्दै नयाँ शाखा सञ्चालनमा ल्याएको बताए । उनका अनुसार स्पाइसीले सन् २०१२ देखि सेवा सञ्चालन गरेको थियो । एक दशकसम्म सेवा प्रवाह गरेको यस रेस्टुरेन्टको शाखा गण्डकी प्रदेशका अधिकांश जिल्लाहरुमा विस्तार भैसकेको व्यवस्थापक सन्देश गुरुङले जानकारी दिए । उनका अनुसार सो कम्पनीमा करिब २ सय बढि कर्मचारी छन् ।
पाइँदैन धुम्रपान र मध्यपानजन्य पदार्थ
स्वाद र स्वास्थ्य’ भन्ने नारासहित सञ्चालनमा रहेको हट एन्ड स्पाइसी रेटुरेस्टमा मध्यपान जन्य र धुम्रपानजन्य पदार्थको बिक्री नगरिने सञ्चालक ज्ञान गुरुङले बताए । उनले ग्राहकको स्वास्थ्यलाई मध्यनजर गरी मध्यपान र धुम्रपान बिक्रीमा प्रतिबन्ध लगाएको प्रष्ट पारे । ‘हाम्रो लक्ष्य नै स्वाद र स्वास्थ्य हो । उनले भने, ‘त्यसैले ग्राहकको स्वास्थ्यलाई ख्याल गर्दै हानिकार चिजबस्तुहरु बिक्री गर्दैनौं । मध्यपान र धुम्रपानको सेवाबाट हामी विल्कुल टाढा छौं ।’ उनले हट एन्ड स्पाइसीमा स्वास्थ्यबद्र्धक खाजाहरु प्रदान गर्दै आएकै कारण फरक पहिचान बनेको धारणा राखेका थिए ।
तपाईको प्रतिक्रिया