पोखरामा राप्रपाको विरोध प्रदर्शन
प्रधानमन्त्री कार्यालयलाई १९ बुँदे मागसहितको ज्ञापनपत्र

पोखरा ।
विभिन्न १९ बुँदे मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरामा विरोध प्रदर्शन गरेको छ । दैनिक उपभोग्य सामग्रीमा भएको मूल्यवृद्धिको विरोधसँगै राजसंस्थासहितको प्रजातन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था र नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने सम्मका माग राख्दै पार्टीले विरोध जनाएको हो ।
सोही क्रममा पार्टीले जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रधानमन्त्री कार्यालयलाई १९ बुंदे मागसहितको ज्ञापनपत्र समेत बुझाएको छ । पछिल्लो समय देशमा देखिएको भ्रष्टाचार र कृषकले मल, बिउबिजन नपाउँदाको समस्यालाई पनि चाँडोभन्दा चाँडो व्यवस्थित गर्नुपर्ने राप्रपाले माग गरेको छ । त्यो सँगै शिक्षा स्वास्थ्य निशुल्क गर्नुपर्ने, विदेशमा भएका नेपालीहरुको मताधिकार सुनिश्चित गर्नुपर्ने, सबैखाले विभेद अन्त गर्नुपर्ने, भूमिहीन र सुकुम्बासीको समस्या तत्काल समाधान गर्नुपर्ने लगायत मागहरु पार्टीले राखेको छ ।
१९ बुँदे मागपत्रमा पार्टीले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्नेमा जोड दिएको छ । त्यस्तै देशभरी भत्काइएका ऐतिहासिक व्यक्तिहरुको शालिक संरक्षण तथा पुननिर्माण गर्नुपर्ने र संघीयताको प्रादेशिक तह खारेज गर्नुपर्ने जस्ता मागहरु ज्ञापनपत्रमा उल्लेख छन् । त्यसैगरी पार्टीले एक घर एक रोजगारीको कार्यक्रम कार्यान्वयन गर्न सरकारसमक्ष माग गरेको छ । पार्टीले दोहोरो करको खारेजीसँगै राज्यले सीमाक्षेत्रमा भएका अतिक्रमित भूमि फिर्ता लिन कुटनीतिक पहल गर्न दबाब दिने गरी आन्दोलन अगाडि बढाउने बताएको छ ।
‘राज्यको तहबाट हाम्रो मागलाई तत्काल सम्बोधन होस् भन्ने हाम्रो चाहना हो । हामी निरन्तर आन्दोलनमै छौँ । र, हाम्रो माग पूरा नभएको खण्डमा अझै बढी सशक्त रुपमा यो आन्दोलन चर्किँदै जान्छ,’ राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले भने, ‘सरकारले हाम्रो मागलाई गम्भीर रुपमा लिनुपर्छ, नत्रभने राप्रपाले देशव्यापी जनसंघर्ष गर्छ ।’ अर्को सन्दर्भमा गुरुङले नेपाली भूमिमा अमेरिकी सेनाको प्रवेश हुने गरी सरकारले गर्न लागेको सम्झौताको विरोध गर्दै त्यसो भए राप्रपा चुप लागेर नबस्ने चेतावनी दिए ।
बुधबार भएको विरोध प्रदर्शन र्याली सिर्जनाचोकदेखि जिल्ला प्रशासन कार्यालय सम्म पुगेर टुंगिएको थियो । र्यालीमा सहभागीहरुले हिन्दु धर्म झल्कने खालका पहिरन लगाउनुका साथै शंख, घण्टी र बाजागाजासहित प्रदर्शन गरेका थिए । ‘देशव्यापी रुपमा पार्टीले घोषणा गरेको विरोध कार्यक्रम अन्तरगत नै पोखरामा बुधबार हामीले यो प्रदर्शनसँगै प्रशासनमा पुगेर ज्ञापनपत्र बुझाएका हौँ ।’ राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले भने, ‘मागहरु सम्बोधन होस् भन्ने हाम्रो चाहना हो । तर सरकारको रबैया हेर्दा त्यस्तो देखिँदैन । त्यसो नभए चरणबद्ध रुपमा हामीले अझै बढि दबाबमुलक आन्दोलन गर्नेछौँ ।’








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया