६ हजारलाई वैदेशिक रोजगारीबारे परामर्श

पोखरा ।
पोखरा महानगरपालिका अन्तर्गतको वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन(सामी)परियोजनाको सूचना तथा परामर्श केन्द्रमा चालु आर्थिक वर्षको ०७८ पुस १ यताको अवधिमा ५ हजार ९ सय ५४ जनाले वैदेशिक रोजगारीसम्बन्धी सूचना र परामर्श सेवा लिएका छन् ।
वैदेशिक रोजगारीको सूचनामुलक जानकारी, अपनाउन पर्ने सावधानी र ध्यान दिनुपर्ने विषयका बारेमा काम गर्दै आएको केन्द्रमा पछिल्लो अवधिमा ३ हजार ४ सय ९६ पुरुष र २ हजार ४ सय ५८ महिलाले सेवा लिएको वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शिव रेग्मीले जानकारी दिए । उनले यो अवधिमा केन्द्रमा दर्ता भएका १ सय ६२ समस्या मध्ये ४५ वटामा सफलता पाएको जानकारी दिए ।
रेग्मीले १ सय १७ समस्या सुनुवाईको प्रक्रियामा रहेको बताए । ‘केन्द्रमा आएका समस्याको सहजीकरण र समन्वयमार्फत ३ करोड ४६ लाख ८१ हजार क्षतिपूर्ति दिलाउन सफल भएका छौं,’ उनले भने, ‘जसमध्ये २४ मुद्दा वैदेशिक रोजगारीको क्रममा खोजी उद्दार करार समस्या र शव झिकाउने सवालका परेकोमा १५ मुद्दा समाधान भएका छन् ।’ उनले वैदेशिक रोजगारीबारे सूचना, सीप र न्यायको पहुँचमा अभिवृद्धि गर्दै आएको परियोजनाको काम प्रभावकारी भएको दाबी गरे ।
नेपाल सरकार तथा स्वीस सरकारको द्विपक्षीय समझदारी अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहजीकरणमा पोखरा महानगरको अगुवाईमा सीप हस्तान्तरणद्वारा सशक्तीकरण (नेष्ट) नेपालले परियोजना सञ्चालन गरेको छ । कास्कीको रुपमा बाहेक मादी, माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकालाई परियोजना सञ्चालित छन् । परियोजनाका जिल्ला संयोजक कुमबहादुर गुरुङले चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीको क्रममा ठगी, जालसाजी तथा पासपोर्ट होल्डमा कामदार र उनीहरुका परिवारलाई कानुनी सहायता प्रदान गरेको जानकारी दिए । उनले त्यस्ता १ सय ४ गुनासामध्ये १४ समस्या समाधान भएको र २७ आशिंक रुपमा समाधान भएको बताए ।
संयोजक गुरुङले विभिन्न सरकारी र गैर सरकारी निकायसँगको समन्वय र सहकार्यमा ४३ लाख १० हजार रुपैयाँ क्षतिपूर्ति वापतको रकम पीडितले पाएको जानकारी दिए । उनले यस आर्थिक वर्षमा वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका, अंगभंग भएका र दीर्घरोग लागेका ३४ निवेदनमध्ये परियोजनाको सहजीकरणपछि वैदेशिक रोजगार बोर्डको सचिवालय र बिमा कम्पनीबाट मृतक कामदारका परिवारले २ करोड २७ लाख ७१ हजार र दीर्घरोग तथा अंगभंग भएका व्यक्तिले ७६ लाख गरी ३ करोड ३ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति पाएको उल्लेख गरे ।
उनले यस वर्ष ५८ लाई व्यक्तिगत र ३ सय ४८ जनालाई सामूहिक रुपमा मनोसामाजिक परामर्श सेवा उपलब्ध गराएको जानकारी दिए । पोखरा महानगरपालिकामा ४ समूहलाई वित्तीय साक्षरता, विप्रेषणको सही सदुपयोग, ज्ञान सीप प्रदान गरेको जानकारी दिँदै उनले कास्कीका अन्य ३ पालिकामा सञ्चालित वित्तीय साक्षरता कक्षामा २ सय ५० जना सहभागी भएको बताए ।
उनले माछापुच्छ्रे का करिब १५ वर्ष सम्पर्कविहीन र रुपाका ७ वर्षदेखि सम्पर्कविहीनलाई खोज तथा उद्धारमा समन्वय र सहजीकरण गरी नेपाल ल्याएएको जानकारी दिए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया