महिलालाई नेतृत्व विकास तालिम

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ८ का सामाजिक क्षेत्रमा क्रियाशील महिलालाई बिहीबार नेतृत्व तथा क्षमता विकास तालिम दिइएको छ । प्रगति आमा समूहले पोखरा ८ को सहयोगमा आयोजना गरेको कार्यक्रम वडाध्यक्ष रुद्रनाथ बरालले सुरुआत गरे ।
वडाध्यक्ष बरालले महिला सशक्तीकरणका लागि वडाले विभिन्न कार्यक्रम गर्दै आएको बताए ।
उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाए । वडा सदस्य पवित्र केसी पौडेलले महिलाको नेतृत्व तथा क्षमता विकाससँगै आगमी दिनमा महिलालाई आर्थिक सशक्तीकरणका लागि सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउन वडाले पहल गर्ने प्रतिवद्धता गरिन् ।
गौरी चालिसे अध्यक्षतमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष जानुका चालिसे र निर्वतमान सचिव कुलमाया पौडेल, प्रतिभा मिलन आमा समूहका अध्यक्ष प्रभा अधिकारी, अधिवक्ता सीता भट्टराई लगायतले बोलेका थिए । पत्रकार जमुना वर्षा शर्माले सहभागीलाई प्रशिक्षण दिएकी थिइन् ।








‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया