पश्चिमाञ्चल सहकारीद्वारा रक्तदान

पोखरा । पश्चिमाञ्चल स्वास्थ्य सहकारी संस्थाको २० औँ स्थापना दिवसमा रक्तदान आयोजना गरिएको छ ।
पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले रक्तदाता संस्थाका सचिव मिलन श्रेष्ठ र ७० औं पटक रक्तदान गर्ने कृष्णबहादुर थापालाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान सुरुआत गरे । वडाभित्र रहेका संघ, संस्थासँग सहकार्य गर्दै सामाजिक स्वास्थ्यमूलक कार्यक्रम गर्दै जाने उनले प्रतिवद्धता गरे ।
सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले सहकारीमार्फत सामाजिक उत्तरदायित्वका रचनात्मक कार्यक्रम हुनु महत्वपूर्ण भएको जनाए । संस्थाका सल्लाहकार प्राडा टुमाया घलेले रक्तदानबारे समुदायमा चेतना जरुरी हुने जनाइन् ।
संस्थाका अध्यक्ष हरिप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अर्जुनप्रसाद ज्ञवाली, आकस्मिक रक्तदाता समूहका व्यवस्थापक नेत्र ढकाल, वडा सदस्य नन्दराम गिरी, संस्थाका कोषाध्यक्ष डा छममाया पुन, सहसचिव महेश ज्ञवाली लगायतले बोलेका थिए ।
२०५८ मा स्थापित यो सहकारीले सामुदायिक अस्पताल सञ्चालनसहित बचत तथा ऋण मार्फत १४ करोड कारोबार गरेको सचिव मिलन श्रेष्ठले जानकारी दिए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया