उद्धारलाई प्रभावकारी बनाउन उद्धार तालिम

पोखरा ।
मनसुन जन्य विपद्का घटनामा उद्दारलाई प्रभावकारी बनाउन नेपाल प्रहरी सशस्त्र प्रहरी गण मुख्यालय पोखरा र गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङमा एकसाथ खोचमा खसेर घाइते भएकाको उद्धार तथा उद्धारपछि प्राथमिक उपचारसम्बन्धी तालिम सुरु सुरु भएको छ ।
तालिममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहभागी छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक कृष्णहरि शर्माले विपद जुनसुकै समयमा पनि आईपर्न सक्ने भएकाले यसको सामना गरी उचित व्यवस्थापनका लागि मानसिक र शारीरिक रुपमा तयार रहिरहनुपर्ने बताए ।
उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी नाममा फरक भएपनि विपद्को अवस्थामा सबैको उद्देश्य एउटै आफू सुरक्षित भएर घाइतेको उद्धार गर्नुपर्ने हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा तालिम संयोजक सशस्त्र प्रहरी गण पोखराका प्रहरी नायब उपरीक्षक दिपक केसीले तालिमको उद्देश्य र कार्यतालिका प्रस्तुत गरे । उक्त तालिममा सशस्त्र प्रहरी गण मुख्य कार्यालय पोखरा र विपद् व्यवस्थापन गुल्म बागलुङमा गरी नेपाली सेनाका १० जना, नेपाल प्रहरीका ४० जना र सशस्त्र प्रहरी बलका १० जना गरी ६० जनाको सहभागिता छ ।
३ दिन सम्म सञ्चालन हुने उक्त तालिमको अन्तिम दिन गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रमा खोचबाट घाइतेको उद्दार तथा प्राथमिक उपचारसम्बन्धी नमुना अभ्याससमेत प्रदर्शन गरिनेछ ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया