उद्धारलाई प्रभावकारी बनाउन उद्धार तालिम

पोखरा ।
मनसुन जन्य विपद्का घटनामा उद्दारलाई प्रभावकारी बनाउन नेपाल प्रहरी सशस्त्र प्रहरी गण मुख्यालय पोखरा र गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङमा एकसाथ खोचमा खसेर घाइते भएकाको उद्धार तथा उद्धारपछि प्राथमिक उपचारसम्बन्धी तालिम सुरु सुरु भएको छ ।
तालिममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहभागी छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक कृष्णहरि शर्माले विपद जुनसुकै समयमा पनि आईपर्न सक्ने भएकाले यसको सामना गरी उचित व्यवस्थापनका लागि मानसिक र शारीरिक रुपमा तयार रहिरहनुपर्ने बताए ।
उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी नाममा फरक भएपनि विपद्को अवस्थामा सबैको उद्देश्य एउटै आफू सुरक्षित भएर घाइतेको उद्धार गर्नुपर्ने हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा तालिम संयोजक सशस्त्र प्रहरी गण पोखराका प्रहरी नायब उपरीक्षक दिपक केसीले तालिमको उद्देश्य र कार्यतालिका प्रस्तुत गरे । उक्त तालिममा सशस्त्र प्रहरी गण मुख्य कार्यालय पोखरा र विपद् व्यवस्थापन गुल्म बागलुङमा गरी नेपाली सेनाका १० जना, नेपाल प्रहरीका ४० जना र सशस्त्र प्रहरी बलका १० जना गरी ६० जनाको सहभागिता छ ।
३ दिन सम्म सञ्चालन हुने उक्त तालिमको अन्तिम दिन गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रमा खोचबाट घाइतेको उद्दार तथा प्राथमिक उपचारसम्बन्धी नमुना अभ्याससमेत प्रदर्शन गरिनेछ ।









संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
पोखरा बहुमुखीमा लैंगिक हिंसा विरुद्ध सचेतना
ट्रेल रनिङ प्रतियोगितामा पुरुषतर्फ नेपाल र महिलातर्फ अमेरिकालाई उपाधि
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया