पोखरा । सुकम्बासी समाधान आयोग कास्कीले भूमिहीन सुकम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबास गर्दै आएका तर यस पूर्व निवेदन दिनबाट छुटेकालाई निवेदन दिनका लागि आह्वान गरेको छ ।
आयोगले सूचना प्रकाशन गरी गत वर्ष संकलन गरिएका निवेदन सुरक्षित रहेकाले उक्त समयमा निवेदन दिन छुटेकाहरुले असार ४ गतेसम्म आफ्ना आवश्यक कागजपत्रसहित सम्बन्धित वडामा निवेदन दिन सकिने बताएको छ ।
यसैबीच पोखरा महानगरपालिका वडा नम्बर २७ ले जनप्रतिनिधिको हेल्प डेस्क नै खडा गरी राष्ट्रिय भूमि आयोगको निर्देशन अनुसार छुट भएका उपभोक्ताको निवेदन संकलन गरिरहेको र निवेदनका आधारमा सुकम्बासी समस्याका बारेमा सम्बन्धित निकायमा दबाब दिने योजना बनाएको वडाध्यक्ष पूर्णकुमार गुरुङले जानकारी दिए ।
राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया