कालिकामा बिदाइ तथा स्वागत
पोखरा । कालिका बहुमुखी क्याम्पसले शुक्रबार बिदाइ, स्वागत तथा बधाइ कार्यक्रम आयोजना ग¥यो । क्याम्पसले कक्षा १२ का विद्यार्थीलाई बिदाइ, कक्षा ११ र स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीलाई स्वागत तथा पोखरा महानगरपालिका वडा नम्बर १०, १४ र १५ का नव निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गरेको हो ।
विद्यार्थीलाई क्याम्पस व्यवस्थापन समितिका कार्यवहाक सभापति किरण केसी, क्याम्पस प्रमुख बिरञ्जीगौतम, निवर्तमान क्याम्पस प्रमुख रवीन्द्र बास्तोला, वडा नम्बर १० का वडाध्यक्ष राजेश गुरुङ, १४ वडा अध्यक्ष एवं क्याम्पस व्यवस्थापन समिति सदस्य बोधबहादुर कार्की, १५ का अध्यक्ष तोरणबहादुर बानियाँलगायतले स्वागत तथा बिदाइ गरेका हुन् ।
नवनिर्वाचित वडाध्यक्षलाई क्याम्पस व्यवस्थापन समितिका कार्यवाहक सभापति केसी, क्याम्पस प्रमुख गौतम, निवर्तमान क्याम्पस प्रमुख बास्तोलाले बधाइ दिए । व्यवस्थापन समितिका कार्यवाहक सभापति केसीले सर्वसुलभ शुल्कमा क्याम्पसले शिक्षा प्रदान गरेको उल्लेख गर्दै कालिका बहुमुखीलाई अन्य क्याम्पस सरह प्रतिस्पर्धी बनाउने योजना सुनाए ।
क्याम्पस प्रमुख गौतमले विद्यार्थी, अभिभावक, प्राध्यापक र स्थानीयको संयुक्त प्रयासबाट मात्रै गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने उल्लेख गरे । उनले विद्यार्थीलाई अनुशासित भएर नियमित रुपमा क्याम्पसमा आएर पढ्ने, आफ्ना शैक्षिक क्रियाकलापअघि बढाउन सुझाव दिए ।
जार्नल प्रकाशन समिति संयोजक प्राडा विकास केसी, क्याम्पस सञ्चालक समितिका सदस्य वीरेन्द्र केसी, प्राध्यापक शंकर ज्ञवाली, सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिना लगायतले कार्यक्रममा बोलेका थिए ।
तपाईको प्रतिक्रिया