पर्वतमा गाउँले गाइड तालिम

समाधान संवाददाता २०७९ असार ४ गते १९:२२

पोखरा । गाउँ पर्यटन प्रबर्द्धन मञ्च – नेपाल (भिटोफ), गण्डकी प्रदेशको आयोजना तथा नेपाल पर्यटन बोर्ड को प्रर्बधनमा दुइदिने भिलेज टुर गाइड (गाउँले गाइड) तालिम आज सम्पन्न भएको छ।

Advertisement

पर्वत जिल्लाको मोदि गाँउपालिका १ लौसिबोटमा सम्पन्न तालिममा २५ जना स्थानीय गाइडहरुको सहभागिता रहेको थियो । तालिममा लौसिबोट सामुदायिक होमस्टे, भुक सामुदायिक होमस्टे, ताङ्ले सामुदायिक होमस्टे तथा झिलिबराङ्ग सामुदायिक होमस्टेको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागी भएका थिए ।

औपचारिक कार्यक्रमको प्रमुख अतिथि वडा नं. १ का बडा अध्यक्ष टेकबहादुर गुरुङले ग्रामीण पर्यटनको विकास गरि रोजगारी सृजना गर्ने र समृद्धि हासिल गर्ने बताए । प्रमुख प्रशिक्षकको रूपमा नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले प्रशिक्षण दिए । गाँउ पर्यटन र होमस्टे पर्यटनको बारेमा भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तथा पोखरा पर्यटन परिषदका सचिव तारानाथ पहारी र संस्थाका अध्यक्ष उदय सुबेदीले प्रशिक्षण दिएका थियो। यस्तो किसिमको तालिम गाउँमा पहिलोपटक भएको र यसले व्यावसायिक दक्षता र आत्मबिस्वास बढाएको स्थानीय जनप्रतिनिधि तथा सहभागी सुबेदार लोकमान गुरुङले बताए ।

Advertisement

औपचारिक कार्यक्रमको संचालन भिटोफ गण्डकीका सदस्य रमेश अर्यालले गरेका थियो । स्वागत मन्तव्य कार्यक्रम संयोजक कृष्ण भारतीले गरेका हुन् ।

तपाईको प्रतिक्रिया