प्रदेश सांसद राजीव पहारीलाई पितृ शाेक
समाधान संवाददाता
२०७९ असार ५ गते ११:२०

पाेखरा ।
गण्डकी प्रदेश सभाका सदस्य एवं नेकपा एमालेका केन्द्रीय सदस्य राजीव पहारीलाई पितृ शाेक परेकाे छ । उहाँका पिता रामराज पहारीकाे ७६ वर्षकाे उमेरमा निधन भएकाे हाे ।
राजनीति र समाज सेवामा सकृय पहारी पाेखराकाे लेकसाइडस्थित तालबाराही माविकाे अभिभावक संघकाे पूर्व अध्यक्ष हुन् । केही महिना अघि हृदयघात भएपछि विरामी परेका पहारीकाे अस्पतालले डिस्चार्ज गरेपछि घरमै उपचार भैरहेकाे थियाे । उहाँकाे पाेखराकाे लेकसाइडस्थित आफ्नै निबासमा आइतबार विहान निधन भएकाे हाे ।
स्वर्गीय पहारीका २ श्रीमती, ३ छाेरा र १ छाेरी छन् । उहाँकाे पार्थिव शरिरकाे आजै दाहसंस्कार गरिने पारिवारिक श्राेतले जनाएकाे छ । दिउसाे १२.३० बजेे घरबाट शव यात्रा शुरु गरिने र शान्तिघाटमा दाहसंस्कार गरिने परिवारका सदस्यले जानकारी दिए ।
सम्बन्धित









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया