प्रदेश सांसद राजीव पहारीलाई पितृ शाेक
समाधान संवाददाता
२०७९ असार ५ गते ११:२०

पाेखरा ।
गण्डकी प्रदेश सभाका सदस्य एवं नेकपा एमालेका केन्द्रीय सदस्य राजीव पहारीलाई पितृ शाेक परेकाे छ । उहाँका पिता रामराज पहारीकाे ७६ वर्षकाे उमेरमा निधन भएकाे हाे ।
राजनीति र समाज सेवामा सकृय पहारी पाेखराकाे लेकसाइडस्थित तालबाराही माविकाे अभिभावक संघकाे पूर्व अध्यक्ष हुन् । केही महिना अघि हृदयघात भएपछि विरामी परेका पहारीकाे अस्पतालले डिस्चार्ज गरेपछि घरमै उपचार भैरहेकाे थियाे । उहाँकाे पाेखराकाे लेकसाइडस्थित आफ्नै निबासमा आइतबार विहान निधन भएकाे हाे ।
स्वर्गीय पहारीका २ श्रीमती, ३ छाेरा र १ छाेरी छन् । उहाँकाे पार्थिव शरिरकाे आजै दाहसंस्कार गरिने पारिवारिक श्राेतले जनाएकाे छ । दिउसाे १२.३० बजेे घरबाट शव यात्रा शुरु गरिने र शान्तिघाटमा दाहसंस्कार गरिने परिवारका सदस्यले जानकारी दिए ।
सम्बन्धित








मदिरा सेवनपछि विवाद हुँदा पोखराको भद्रकालीमा साथीको हत्या, एक जना पक्राउ
एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया