पोखरा १३ बासीलाई कागतीका विरुवा

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १३ का ५ हजार घरधुरीलाई कागतीका बिरुवा वितरण गरिएको छ । वातावरण मैत्री वडा बनाउने उद्देश्यले वडा कार्यालयले बिरुवा वितरण गरेको हो । वडाका टोल विकास संस्थाका अध्यक्षलाई शनिबार भेला गरी उनीहरुमार्फत प्रत्येक घरधुरीलाई १ वटा कागतीका विरुवा बाँडिएको वडाध्यक्ष किरण बरालले बताए ।
अध्यक्ष बरालले कागती स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो भएकाले विरुवा रोपेपछि संरक्षण र सम्बर्धन गरी आयआर्जनको माध्यम बनाउन आग्रह गरे । उनले आफ्नो ५ वर्षे कार्यकालमा पोखराकै नमुना वडा बनाउने गरी आफूअघि बढेको सुनाए । एक घर एक कागती कार्यक्रम वडाको पर्यावरण र कृषि क्षेत्रतर्फको पहिलो कार्यक्रम भएको हुनाले यसलाई प्रभावकारी बनाउन सबै लाग्नुपर्ने वडा सदस्य सुचित तामाङले बताइन् ।
समाजसेवी गणेश आचार्यले वडाले दिएको कागतीको विरुवा सोही दिन रोपेको सुनाए । सोही कार्यक्रममा टोल विकास संस्थाकासँग योजना र सुझाव माग गरी छलफलसमेत भएको छ । वडाले ८ सामुदायिक विद्यालयका ३६ शिक्षकलाई स्थानीय पाठ्यक्रम प्रवोधिकरण तालिमसमेत दिएको छ ।
भद्रकाली मावि व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ अधिकृत वद्रिनाथ सुवेदी, ईन्द्रराज्य मावि लामाचौरका प्रधानाध्यापक केशव अमगाइ, भद्रकाली माविका प्रधानाध्यापक घनश्याम रिजाल र सहप्रधानाध्यापक राजेन्द्र भण्डारीले बोलेका थिए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया